कोरोना अपडेट : नेपालमा संक्रमित ४० हजार नाघे, थप १०६९ संक्रमण पुष्टि
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ । मंगलबार मात्रै १ हजार ६९ जना थपिएसँगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
१२ हजार ८८ जनाको कोरोना पीसीआर परीक्षण गर्दा १ हजार ६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय ८१ जना संक्रमित भएका छन् । काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा ७ सय ८८ डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ रहेको छ ।
काठमाडौं उपत्यकामा एकै दिन ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर १ हजार ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ८१ जना थपिएसँगै जोखिम बढेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १२ हजार ८८ जनाको पिसीआर परिक्षणमा १ हजार ६९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा ७६८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २२ हजार १ सय ७८ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३९३ जना र ललितपुरका ५८ जना र भक्तपुरका ३० जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४० हजार ५ सय २९ पुगेको छ ।
१६ भदौ २०७७, मंगलवार १६:२१ बजे प्रकाशित




