आँशुको उत्सव मनाउदै छु
सुमी दर्लामी, साउन २०७३ । मन्द मन्द चिसो बतासको साथमा हल्का सिमसिम पानी परिरहेको छ । म त्यहि बतास र पानी सँगै घरको छत्तमा बसेर यो बेस्त शहर नियालि रहेको छु । कोलाहल शहर त्यही भिडभाड अनि अस्त ब्यस्त मानिसको जमात । कहिले काहि त दिक्क लाग्छ तर पनि यहि ठाँउमा बस्न पर्ने बाध्याता जो छ । पानीको एक थोपा मेरो निधारमा पर्यो । अलिकति म झस्किएका झै भए । हल्का पानी त अघिबाट नै परिरहेको थियो तर त्यो पानीको थोपाले मेरो बेस्त शहरमा घुमीरहेको मन फिर्ता ल्यइदिए जस्तो लाग्यो । अब भने त्यो ठाँउबाट नजर हटाए अनि अझ घरको माथिल्लो तलामा गए । जँहाबाट घर भन्दा केही माथीको हरियाली जंगल देखिन्थ्यो । जंगलको माथिल्लो भाग बादलको घुम्टोले सजिएको थियो । अत्यन्तै मोहक दृष्य , झनै त्यसै माथि मन्दमन्द हावाको साथमा परेको त्यो सिमसिमे पानीले मरो मनलाई कतै उडाइरहेको थियो ।
मलाई यो मौसमले उसको याद दिलाई दियो ,उसलाई पनि यस्तो मौसम अत्यन्तै मन पर्थो । उ कति खुशी हुन्थी होली सायद यो पलमा हामी सँगै भए ! तर यो सब कल्पनामा मात्र सिमित छन् । फोन गर्न मन लाग्यो खोजीबाट मोबाईल निकाले र उसको नम्बरमा फोन लगाए तर मनले सोच्यो होस् फोन नगर उसको मान्छे सँगै होला फेरी नराम्रो हुन्छ र फोन काटिदिए । प्राय म यस्तै गर्छु फोनको घन्टी जान नपाउदै काट्छु। सायद आजसम्म पनि तिमी मेरोनै भइदिएकी भए यस्तो गर्नु पर्दैन थियो । म ढुक्कको साथ जतिबेला मन लाग्दथ्यो त्यतिबेलानै तिम्रो फोनको रिङटोन बजाउन सक्थे । मन त कति धेरै छ तिमी सँग बोल्ने तर तिम्रो आफ्नो सँग झगडा होला भनेर म चाहेको बेला फोन गर्न सक्दिन । तिमीले हाम्रो मायामा जति स्वार्थपन देखाए पनि, म तिम्रो नराम्रो भएको हेर्न चाहान्न । त्यसेले मेरा इच्छा र चाहाना मनमानै दबाएर राख्छु ।
बितेको त्यो एक पलमा यो हावाको झोका र पानीको फोकाले एकैचोटी हामी दुबैलाई स्पर्श गरेको थियो । एक प्रेम जोडी हातमा हात मिलाउदै हामी हावा र पानी सँग लुथ्रुकै भएर खेलेका थियौ । तर आज तिमीबिना यो हावा र पानीले मलाई स्पर्श गरिरहँदा यहाँ तिम्रो कमिको आभास भएको छ । सायद भगवान सँग मागेर पाउने भए । म तिमी सँग जोडिएका प्रत्येक पल माग्दथे । जुन पलमा संसार भुलेर तिमी सँग रमाएको थिए । तिमी सँगै रुझ्दैसोच्दथे साच्चै तिमी मलाई धेरै माया गर्छौ ।आफुले चाहेको मान्छे साथमा हुँदा साच्चै हामी संसार बिर्सिन्छौ । मैले पनि तिमी सँग हुँदा मेरा आफन्त साथीभाई सब बिर्सिएको थिए ।सम्झदा पनि कति प्यारो लाग्छ । सायदतिमी सँग नभएपनि तिम्रो सम्झनामा यसरीनै बाँकी जिन्दगी अघि बढ्ने छन् । लाग्छतिमी सँग बिताएका अमूल्य ति पलहरु मेरो जीवनभरिको साहारा हुनेछ ।
जीवनमा म पहिलो चोटी कसैको प्रेममा परेको थिए । उ सँग भेट्न हुनु भन्दा पहिल म ,धेरैलाई गफ दिन्थे तर कसै सँग प्रेममा भने परेको थिइन ।उनिहरु प्रेमको नाटकी झै लाग्दथ्यो । मलाई यो माया प्रेम भन्ने कुरा सब बकवास लाग्थ्यो। मलाई यो प्रति कुनै मोहनै थिएन ।तर खै कसो कसो गर्दा म साच्चै उसको मायामा परे । उसलाई भेट्नु भन्दा पहिलेमेरो सच्चा मनले अरुकसैलाई प्रेम गरेकोनैथिएन । र आज सम्म पनि गरेको छैन् । सायद अरु कोहीलाई गर्न पनि सक्दिन । मेरो सच्चा मनको प्रेम उसलाई थियो र सधै रहीरहने छ । उनि मेरो साथीहरुको साथी थिइ त्यसैले साथीहरुबाटनै चिनेको थिए । बिस्तारै हामी प्रेम सम्बन्धमा गाँसिएका थियौ । सायद माया कसै सँग लागाउछु , गर्छु भनेर नहुँदो रहेछ । यो त आफै हुने रहेछ र त उ सँग भयो । एकोहोरो थिएन माया दोह्रोरो नै थियो तर अचानक हाम्रो मायामा दरार पैदा भयो ।हुन त यसको मुख्य दोष उसको अहिलेको प्रेमीलाई जान्छ । जसले हाम्रो प्रेममा दरार पैदा गरिदियो । उसले मेरो मायामा धेरै अविश्वासको ओखति तिमीलाई खुवाएको थियो । उसले तिमीलाई पाउनको लागी धेरै जालझेल गर्यो । तिमी पनि त त्यस्तै जब मलाई माया गर्थेउ भने अरुको कुरा सुनेर सम्बन्ध टुटाउदैनौ थियो होला । जब एकजना साथी सँग मैले फोनमा कुरा र म्यासेज गर्दैमा उसलाई मेरो ग्रल्फे्रन्डमा दरखास्त गरिदियौ । बस् मेरो दोष त्यो युवति सँग बोल्नु भयो । बाँकी हाम्रो सम्बन्ध त तिमीहरुले मनगन्ते रुपमा प्रचारमा ल्याएउ । तिम्रो अहिलेको प्रेमीले मेरो नाम कुनै एक नया केटी सँग जोडिदियो अनि यथार्थ कुरा थाहा नपाई तिमीले मलाई छोडेउ । कति सजिलै अरुको कुरामा बिश्वास गरेर मलाई नराम्रो भनेउ है । एकबचन सोधेनौ सत्य के हो ! स्मृतिका पानामा अझै ताजानै छ त्यो दिन ।
साथी हजुरको फोन आयो । यता ल्यइदिने हो कि मिस भन्दै थिए मोबाईल मेरो कोठामा आइपुग्यो । धन्यबाद मिस भने र मोबाईलको स्की्रनमा आँखा पुर्याए मेरो मायालुको रहेछ । मैले फोन रिसिभ गरिन किनकी आजकल प्राय सधै सानो सानो कुरामा पनि रिसाउथी । सोचे म्यासेजको रिप्लाई मैले गरेको थिइन त्यसैले फेरी झगडा गर्न फोन गरिरहेकी होली । म फोनमा पहिलेकोझै उ सँग कुरा गरिरहन सक्दिन । म नया अफिस , नया ठाँउमा छु । फोनमा जतिबेला पनि बोल्दा अरु स्टाफले के सोच्छन् ? मैलै नजिकैबाट चिनेको साथीहरु कोही छैन् । त्यसैलेउसलाई राम्रो सँग समय दिएको छैन् । फोनमा रिसाउछे कराउछे तर फेरी आफै फोन म्यासेज गर्दै सरि कान्छो भन्छे । उ रिसाउदा म फकाउछु र म रिसाउदा उ फकाउछे सायद यहि हो माया । मलाई पनि त कति बोल्न मन छ तर परिस्थितिले साथ दिएको छैन् । मैले फेरि भनेकै छु समय मिलाएर फोन गर्छु फेरि पछि सब साथीहरु सँग राम्रो सँग घुल्मील भएपछि त म सजिलै फोन गर्न सक्छु । उसलाई सब थाहा छ तर पनि उ आजभोली किन मेरो कुरा बुझदिन ? अझ भनौ बुझनै चाहान्न । रिसिभ माई कल एउटा सिरियस कुरा गर्नु छ । भरखरै आएको म्यासेज पढ्दै थिए फेरी फोन आयो । एक छिन् यता पनि हेरीदिनुस्न है,सँगै काम गरिरहेको साथीलाई भने मेरो अर्जेन्ट फोन हो । म एकछिन् कुरा गर्छु भनेर घरको छतमा गए । तिमी आजकल के भको हँ ? फोन गर्नु त कता हो कता उल्टै फोन समेत उठाउदैनौ ? तिमीलाई सब थाहा छ त मेरी माया काममा बेस्त थिए । होस नाटक नगर मैले सब थाहा पाइसकेको छु । तिम्रो नया ग्रल्फे्रन्डको बारेमा त्यसैलाई फोन गर्दै ठिक होलामलाई के गर्थेउ । आजबाट हाम्रो ब्रेकअप म नि फोन गर्दिन तिमी पनि नगर । तिमी के भन्छौ यार हावा कुरा नगरन । साच्चै भनेको हो । तिमी यति सम्मको घटिया छौ भनेर मैले सोचेको पनि थिइन । भन्दै त्यो केटीको बारे भन्न थाली । तिमी के भन्छौ यार उ मेरो साथी मात्र हो । म तिमीलाई बाहेक कसैलाई माया गदिर्न पिल्ज कुरा बुझन । मेरो एउटै कुरा सुनिन , उसको मनमा जे जे लाग्यो बोली तर अहँ कति भन्दा पनि मेरो कुरा पटक्कै सुनिन । आजबाट मलाई फोन नगर म पनि गर्दिन । उसले फोन काटि ,मैले कति पटक उसको नम्बरमा फोन लगाए तर अफ आयो । उ सधै यस्तै फोन अफ गर्थि । मनमा कता कता चिसो पसिसकेको थियो कतै साच्चै उसले मलाई छाडेकी त होइन । तर बिना गल्ती किन मलाई उ यस्तो आरोप लगाउछे यस्तो कुरा लगाउने को रहेछ । आँखामा आशु टिलपिल–टिलपिल सलमलाएको थियो तर रुन सकिन । अफिस रुममा छिरे काममा मन लगिरहेको थिएन तर बाध्यता छ । सायद मेरो अनुहारको रङ्ग बिग्रिएछ क्या हो , सँगैको साथीले साध्यो के भयो मित्र निराशपन छ त रुएर आयौ ? त्यस्तो होइन मित्र ठिक छु ।आँखा पोलेको छ बिहान बाटनै कम्पुयुटर अगाडी छु नि यार । मन त थियो भन्न ,“मुटु जलेको छ साथी त्यहि भएर त्यस्को धुवाले मेरो आँखा रसाएको हो । ू तर भनन सकिन ।
के हो ? आज त फोनमा खुबै झुन्डीएको देख्दै छु त ? एउटी साथीले जिस्काउदै भनि , मेरो साथीको फोन लागेन त्यहि भएर ! थाहा छ हामीलाई हजुरको अनुहारले प्रष्ट बताएको छ भनिकी मात्रै के थिइ सबै साथीहरु हास्न थाले । बनावटिनै सहि मैले पनि एक मुस्कान दिए । मलाई एकलै बस्न मन लागेको थियो तर त्यो सम्भब थिएन । किनकीहामी सबै साथीहरु अफिसमानै बस्थीउ त्यसको सबै ब्यबस्था अफिसले गरेको थियो । उसको फोन अझै लागेन अफको अफ थियो । बेचैन बढिरहेको थियो । म चाहेर पनि केह गर्न सक्दिन थिए । मोबाईलको घन्टि बज्यो तर उसको दिदीको नम्बरबाट फोन आइरहेको थियो । मैले फोन उठाए के गर्दै छौ ? उसलेनै फोन गरेकी रहिछ । काम अनि तिमी ? तिमीलाई फोन गर्दैछु त । तिमीलाई थाहा छैन् एकैचोटी बिर्सन गाह्रो हुन्छ त्यसैेल फोन गरेको हो । साच्चै सक्छौ तिमी मलाई बिर्सन ? सकिहाल्छु नि । कति सजिलै भनि त्यो बला उसले मेरो निम्ती एक रत्ती माया नभएझै गरि । तिम्रो फोन किन अफ ? कति फोन गरे आइ मिस यू सो मच,लभ यू यार । यस्तो माया सायाको कुरा नगरन है । मलाई पनि यसो याद आएर फोन गरेको तर तिमी यो नसम्झ कि हामी रिलेसनसिपमा छौ । जस्ट उइ आर फ्रेन्ड । अनि मेरो फोन अब कहिले अन हुदैन । किन ?मलाई रिस उठ्यो मैले सिम काटेर फालिदिए । मन लागे यहि दिदीको नम्बरमा फोन गर तर धेरै होइन । तिमी यो सब के भन्दै छौ ?तिमीलाई थाहा छ त म तिमीलाई धेरै माया गर्छु । किन यार म तिमीबिना ! चुप्प लाग मैले भनिसके सब बिर्सि बकवास कुरा नगर ल बाइ पछि कुरा गर्छु । मेरो कुनै प्रश्नको उत्तर उ दिन चाहान्न अझै मेरो सवालको राम्रो सँग जबाफ दिन्न । उसको फोन आउन साथ म साथीहरुको ग्रपबाट निक्लिएको थिए । अब त्यहा पनि जान मन लागेन संयोगले मेरो डियूटी टाइम पनि सकिएको थियो । मेरो दिउसो देखिको एक्लै बस्ने इच्छा पुरा गर्न घरको माथि छत्तमा गए । उसले भनेका एकएक कुरा सम्झे र भक्कानो फुटाएर रोए । आफ्नो लागि नरुने म ! आज अरुको लागि मेरो आँशु पानीका धाराझै बगाइरहेको थिए ।
हजुरलाई आजभोली के भएको छ ? निराश देख्छु खाना पनि खानु हुन्न ! भन्न मिल्छ ? सँगै काम गर्ने साथीले सोध्दै थियो । आफन्तहरुको याद आएर हो । सायदघरबाट पहिलो चोटी टाढा भएर हो अलिकति टेन्सनमा छु । अरु त म एकदम ठिक्छु केही भएको छैन् । अरु म के भनु? अखिर भनेर के नै पो हुन्छ ! जे छ म आफैमा सिमित छ ।ए त्यस्तो पो बिस्तारै बानि पर्नु हुन्छ चिन्ता नगर्नुस् । मलाई बोल्न मन थिएन त्यसैले टाउको हल्लाउदै हुन्छ भनेर इशारा दिए । यि दिनहरु साच्चै पिडादाइक थिए । उसले छाडेको पिडा सुरु हुदै थियो । फेरी अफिसमा कामको चाप त्यतिकै थियो । म पागल मात्र हुन सकिन । मेरो जिन्दगीमा कस्तो परिस्थीति पैदा भयो । उसले मलाई लगभग फोन गर्न छाडेकी नै थिइ । मैले गर्दा पनि बोल्न खोज्दीन थि । ख्याल ख्यालमै उसले मलाई छाडिसकेकी थिइ । एकदिनको कुरा हो मलाई अब साच्किै असाहे पिडा भएको थियो । फोन गरेर सब कुरा किल्यार गर्ने निणय लिए । उसको दिदीको नम्बरमा फोन लगाए । फोन दिदीले उठाँउनु भयो । मेरो कामको बारे सोध्धनु भयो मैले सब राम्रो भएको बताए । मैले पनि उहाँ सँगै घरपविारको खबर सोधे , सबै राम्रो भएको बताउनु भयो । भन्निछ “ जहाँ आत्मियता हुँदैनत्यहाँ सम्बन्धको कदर हुँदैन । ”मेरो त्यो परिवार सँग आत्मिय सम्बन्धको बिस्तार हुदै थियो । त्यसैले सबैको बोरे सोध्न पर्न जुन मेरो कर्तब्य थियो । मैले उसको बारेमा नसोधै उ घरमा नभएको दिदीले बताउनु भयो । एउटा कुरा सोध्छु है नरिसाई साचो के हो त्यहि भननि । हुन्छ भन्नुन दिदी , तिमी त मलाई आजकल फोन पनि गर्दैनौ किन ? बहिनी पनि सधै तिमी सँग फोनमा बोले मात्रै देख्थे अनि तिम्रो बारे कुरा गरिरहन्थी तर आजकल तिम्रो बारे सोधे भने पनि झर्किन्छ के भको हो ?केही होइन दिदी म बिजि भएर हो । त्यो त म मान्छु तर पनि पहिला भन्दा धेरे फरक देख्छु केही भएको हो भने भन म कुरा गर्छु ।म उसलाई कुनै पनि हालतमा गुमाउन चाहान्थे त्यसैले मैले सोचेर निणर्य लिए ।म दिदी सँग पहिले बाट बोल्ने भएकोले मलाई कुनै डर थिएन । त्यसैले निर्धकको साथ हामी बिचको सबै कुरा स्पष्टरुमा भने । तिमी चिन्ता नगर म समझाउछु । त्यो त्यस्तै छ तिमीलाई सब थाहा छ रिसाइरहन्छे बिस्तारै ठिक हुन्छ । मैले हुन्छ भन्दै फोन राखे । अब भने मनमा केही खुशीको महशुस भयो ।
मनमा बिभिन्न कुराहरु खेल्दै थिए । मलाई हरपल उसकै याद थियो । मैले एक कल फोन नगरे सम्म बेचेन हुने त्यो दिल आजकल खुशी साथ छ । बेलुकी त्यस्तै ८ः४५ हुदो हो अफिसमै थिए । साथीहरु खाना खान अनुरोध गर्दै थिए । तर मलाई भोक्कको भ ले समेत छोएको थिएन त्यसैले मैले पछि खाने बताए । फोनको घन्टी बज्यो , हेरे उसको दिदीको नम्बर मैले फोन उठाउए । ओई तैईले गर्न खोजेको के हँ ? दिदीलाई के भनिस ? अब देखी दिदीलाई फोन नगर मैले राम्रो मुखले भनेको छु । जे हुनु भई सक्यो अब तिमीले जसलाई भन जे गर , म तिम्रो लाईफमा आउने छैन् । मेरो कुरा सुनन तिमी गलत बुझईमा छौ । जे सुकै होस् अब भुल । तिमी यो सब के बिनाकारण बुझन मेरो , चुप्प! अबएक शब्द पनि नबोल म तिमीलाई माया होइन घृण गर्छु । मैले केही भन्न नपाउदै यति धेरै बचनको प्रहारले मुटु छियाछिया बनाई सकेको थियो । मलाई बोल्न एक मौका नदिई उसले एकहोरो बोलिरहेको थिइ । या अन्तिम फोन हो आजबाट म पनि फोन गर्दिन र तिमी पनि नगर्नु । नत्र तिम्रो लागि नकिालेको सिम काटेको जसरी तिमीलाई पनि काटिदिन्छु । मैले केही भन्ने मौका कहा मिलयो र ? उसले फोन काटिदिई। मेरो अबस्था कति सम्मको नाजुक भने कुनै अबोध बालक भन्दा तल्लो स्थरमा पुग्यो । विबश केही गर्न नस्कने एक अबोध बालकझै भए । तर म भन्दा त बरु त्यो बालक रोएर भएपनि आफुले चाहेको कुरा जिद गरेर लिन सक्छ । तर मैल रोएर त के ज्यानै फालेपनि उसले बेमतलब गर्ने ब्यबहार देखाएकी थिए ।
हाम्रो सम्बन्ध उसले अरुकै कुरा सुनेर टुटाई । म सँग छाडेर केही हप्तामै उसले अरु सँगनै सम्बन्ध जोडेको कुरा सुने । जो उसलाई भाबि भनेर सम्बोधन गर्दथ्यो । मलाई यो सहन लाएको भएको भएन र होस् पनि कसरी ? त्यो थाहा पाउन साथ मैले उसको नयाँ प्रेमीलाई फोन गरे खुब झगडा भयो । मेरो बारे भएको नभएको कुरा लगाएर उसले साथीको नाममा गददार गर्यो । तर आफ्नोलेनै पराए बनाएपछि केहीगर्न नसकिदो रहेछ ।म कति रोए रोए , कति रात अनिदोे बिताए । बेलाबेलामा कसो कसो गर्दा हाम्रो फोनमा झगडा भईरहन्थ्योे । हिजो मेरो सपोटमा बोल्नि मेरी प्राण प्यारी अजा अरुको साथ दिई मलाई एक्लो बनाउदै बोल्छे । मलाई बिभिन्न उपनामलेबोलाउदै मेरो खैरो खन्छे त्यो भन्दा पिडा मलाई के हुन्छ होला र ! हाम्रो कुरा हुन छाड्यो तर उसको मायाले छाडेन । हाम्रो सम्बन्ध टुटेको सबै साथीहरुले थाहा पाएछन् । किन कसरीको प्रश्नको ताति थियो । म आफैलाई त्यसको ठोस उत्तर थाहा थिएन म के जवाफ दिउ । मलाई जिन्दगी जिउन गाह्रो परिरहेको थियो । कहिलेकही सोच्थे म उ प्रति कसरी यति आशक्त भए । आज सम्म म यति धेरै कसेको लागि रोएको थिईन । मेरा आँशु हररात तप्प–तप्प बर्षत बनि बर्षी रहे । मलाई हर कोही साथीहरुले सम्झउथे थरि–थरिका उदाहरुण सहित , धेरै फरमुला लगाए मलाई पहिलेको स्थानमा ल्याउन तर पनि मलाई छोएन । म एकदमै एकल्काटे भए सबै सुन्यतामा हराइएरहे बेफिकर यति सम्मकी मैले उसको बिछोडको यादमा घरपरविार ,आफन्त साथीभाई सबैलाई बिर्सिएर नितान्त एक्लोपनमा रमाउने भए ।
हाम्रो सम्पर्क टुटिसकेको थियो । उ सँगको सम्बन्ध बिछेद पछि केही महिना त उसको आमा र दिदी सँग कुराकानी चलिरह्यो तर पछि बिस्तारै आमा र दिदी सँग हुने कुराकानी पनि शुन्यतामा बिलाएको थियो । मलाई मेरा साथीहरुले उसको हरेक क्रियाकलापको बारेमा सुनाउदथे । यस्तो त्यस्तो भन्दै सम्झाउथे । धेरै साथीहरुले आफुले जाने अनुसारको आइडिया लगाए मलाई पहिलेकै ठाँउमा ल्याउन तर सकेन्न । सायद मैले पनि उसलाई घृण गरोस यहि चाहान्थे ।तर म उसलाई माया गर्ने मान्छे कहा घृणा गर्न सक्थे । उसको बारे थरिथरिका टिक्का टिपणी गर्न थाले तर म सधै मौन बस्दथे । साथीभाई आफन्त सबैले धेरै प्रयास गरे , मेरो मस्तिष्कमा उ प्रति नकरात्मक बिचार पैदा गराउन तर सबै असफलनै भए । तर उ भईदिएकी भए हो मा हो मिलाउदै हिड्ने पक्का थियो । तर म चाहान्न र सक्दिन पनि । उ दुनियाँको कुरामा लागी म आफ्नै बिचारमा अडिक भए ।सायद यहि फरक छ मेरी प्रेमिका र म मा ।रात छिपिदै थियो निन्द्र पटक्कै लागेको छैन् । छटपट–छटपट के गरौ कसो गरौ यस्तै भइरहन्छ । उ सँग छुटेदेखी राम्रो सँग म निदाएको पलनै थिएन । बितेका ८,९ महिना देखि म यस्तै अनिधो छटपटिमा दिनरात गुजार्दै थिए । कति रोए,कति तड्पे तर केही थोप्पा आँशुले पनि छोएन उसलाई ।सम्बन्ध टुटेको महिनौ भइसकेको थियो । तर मलाई उसले भरखरै छाडेको झै गरि पागल हुन्थे । यो रात पनि मलाई सहनै नसक्ने पिडा भइरहेको छ । उसको यादको सुनामीले मलाई कतै अन्दधुन्द बगाईरहेकोछ । उ सँग मलाई बोल्न मन लागेको छ । जे पर्ला पर्ला भनेर मैले उसको मोबाईलमा मिस्डकल दिए । ८,९ महिना देखि राम्रो सँग कुरानै भएको थिएन । मैले उसको नयाँ नम्बर थाहा थियो ।त्यो नम्बरमा हाम्रो धेरै पटक झगडा समेत भइसकेको थियो । मैले मिस्डकल त दिए तर आजपनि झगडा पर्छ भन्ने मनमा फेरी एकप्रकारको डर थियो । पैदा भइरहेको थियो ।
हाउ डु आइ ब्रेथ मेरो मोबाईको घन्टी बज्यो । स्क्रिनमा उसकै नम्बर देखे । मिस्डकल दिएको केही मिनेटमानै उसले मलाई कल ब्याक गरेकी थिए । मैले पनि केही नसोची जे पर्ला पर्ला भनेर फोन उठाए । किन मिस्डकल हानेको ? के छ काम ? यतिकै मन लागेर हो । ए के छ खबर ? के गर्दैछौ आजकल ?उ अब एक–एक गरि प्रश्न सोध्न थाली , मानौ उ मेरा हर दैनिकी जान्न हतारिएकी छे । यस्तै हो पढाईमा नै जोड छ । खुब आत्मियताका साथ भनि ल ल राम्रो सँग पढ्नु है । ठुलो मान्छे बन्नु पर्छ । ओहो ! के अच्चम्म भो लौ झट् दिमागले सोच्यो तर मैले मुख खोलिन । धेरै महिनापछि उ जो राम्रो सँग बोलेकी थिए । धेरै कुराहरु भए हाम्रो बिच ,मलाई उसले उसको प्रेमी सँग पनि बोल्न लगाई । मन त पटक्कै थिएन त्यो ब्यक्ती सँग बोल्न जसले मेरो पे्रमलाई लिलामी गरिदिएको थियो । तर उसको बचन नकारन सकिन । उसकै खातिर मन नभएपनि केही समय बोलीदिए र फेरी उ सँगै बोले , धेरै समय पछि मनमा कतै खुशीको अलिकति आभास पनि भएको थियो त्यो दिन । लगभग १ घन्टाको गफगाफ पछि हामी फोन बाट छुटेका थियौ । त्यो दिनबाट हाम्रो कुराहरु आज सम्म भइरहेको छ। कहिले उ अनि कहिले म एकअर्कोलाई फोन गरिरहन्छौ ।बेलाबेलामा पुरानो कुरा निकालेर झगडा पनि पर्छ । तर पनि केही दिनको अन्राल लिएर कुरा भइरहन्छ । उ खुशी छे अरु सितनै तर म आज सम्म पनि उस्कै बियोगले छट्पटाउछु । उ यो कहिले बुझिदिन उसले छाडेर मलाई कति जिउन गाह्रो भएको छ । हरपल म उसकै यादमा डुबिरहन्छु ।थाहा छैन् कुनदिन उसकै यादको बढिले बगाएर आलप हुन्छु । बितेको बर्ष र अहिलेको बर्षमा यो साउने भेलले के–के बगाएर लग्यो । म पनि त्यो साउने भेलमा परे तर तिमी प्रति जागेको मेरो माया र तिम्रो याद कहिले बगाउन सकेन प्रिय । बरु उल्टै त्यो भेलले अरु ठाँउमा पनि धक्का दिएर चोट जो मलाई दिएको छ । म चाहान्छु तिम्रो माया,सम्झना यो स्मृतिको पानाबाट बगेर धेरै टाढा जाओस् । तर अफशोस आजसम्म पनि हुनसकेको छैन् । मेरी माया आज तिमी अरु कसैसित त्योे सम्बन्ध जोडेको एक बर्ष पुगेको उत्सब मनाउदैछौ र म हरपल तिमीले दिएको पिडामा डुबलकी मार्दै आँशुको उत्सब मनाउदैछु ।
१३ साउन २०७३, बिहीवार १५:१० बजे प्रकाशित





