मदन पुरस्कार (२०७७)को सूचीमा छानिएका ९ पुस्तक (नामसहित)

१५ साउन, काठमाडौं । मदन पुरस्कार २०७७ का लागि नौ वटा पुस्तक प्रारम्भिक सूचीमा परेका छन् । मदन पुरस्कार गुठीले आज शुक्रवार पुस्तकको सूची सार्वजनिक गरेको हो ।

गुठीलाई प्राप्त दुई सय २२ पुस्तकमध्ये छनोट समितिले गुठीलाई नौ पुस्तकको नाम उपलब्ध गराएको हो ।

जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प–ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङगे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह रहेका छन् ।

यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न समिति गठन गरिएको थियो । समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो ।

अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको गुठीको भनाइ छ । छनोटमा परेका यी पुस्तकमध्ये एकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा २०७७ को मदन पुरस्कार वितरण गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

१५ साउन २०७८, शुक्रवार १६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु