सुधिर र गीताको अभिनयमा तीज गीत ‘नाचिदेउ पुतली‘ सार्वजनिक

गायक खुमन अधिकारी तथा गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको नयाँ तीज गीत ‘नाचिदेउ पुतली‘’ सार्वजनिक भएको छ ।
नेत्र अर्यालको शब्द तथा संगीत रहेको उक्त गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।
विक्रम चौहानले निर्देशन गरेको उक्त गीतको भिडियोलाई बुद्ध थापाले छायांकन र मिलन विश्वकमाले सम्पादन गरेका छन् ।
भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छन् ।
भिडियो एसपि म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
१५ साउन २०७८, शुक्रवार १२:५० बजे प्रकाशित