बल्छी ध्रुवेको स्वरमा तीज गीत ‘पारी वन हरियो’ सार्वजनिक (भिडियो सहित)
लोकप्रिय हास्य अभिनेता मरिचमान श्रेष्ठ (बल्छी धु्रवे)ले गाएको पारी वन हरियो सल्लाघारीले कति राम्रो सुहाको रातो सारीले बोलको तीज गीत सार्वजनिक गरिएको छ।
सुदीप सागरको संगीत संयोजन रहेको गीत सपनाकै शब्द र संगीतमा तयार भएको हो। गीतको म्युजिक भिडियो राजु मास्टर टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। सपनाको यो तीज गीत पहिलो हो भने यस भन्दा पहिला मेरो रातो गलबन्दी बोलको गीत गाएकी थिइन्। गीतको म्युजिक भिडियो रिलिज भएको छोटो अवधिमै करिब १० लाख पटक हेरिएको छ।
सौरभ लामाले छायांकन गरेको म्युजिक भिडियोमा मरिचमान श्रेष्ठ, राजु नेपाल, अनिता बस्नेत, सविना आचार्य र सपना घिमिरेका साथमा निर्देशक तिमिल्सिनाले पनि अभिनय र नृत्य गरेका छन् । म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका छन्।
नजिकिँदै गएको हरितालिका तीजको अवसर पारेर मरिचमान र सपना घिमिरेले गाएको गीतको मौलिकताले आमनेपाली जनमानसमा महिला मात्रै नभई पुरुषको पनि मन जित्ने दाबी भिडियोका निर्देशक दीपेन्द्र तिमिल्सिनाले गरेका छन्।
तीजको यो मेलोमा आएको यस गीतले नेपाली गीत-संगीतमा थप आयाम थपेको बताउँछिन् सपना घिमिरे पौडेल।
१४ साउन २०७८, बिहीवार १३:३४ बजे प्रकाशित