१६९ खेलाडी तथा ६१ प्रशिक्षक सम्मनित

Sag-Medalist-Sammanकाठमाण्डौँ ।  १२ औं दक्षिण एशियाली खेलकुदका पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सरकारले नगद सहित सम्मान गरेको छ ।  भारतको सिलोङ र गुवहाटीमा गएको माघमा भएको सागमा नेपालले ३ स्वर्ण सहित ६० पदक जितेको थियो । त्यसमा २३ रजत र ३४ काश्य छन् । सरकारको पूर्वघोषित निर्णय अनुसार सागका ब्यक्तिगत खेलतर्फ स्वर्ण जित्ने खेलाडीले ५, रजत जित्नेले ३ र काश्य जित्नेले २ लाख नगद पाएका छन् ।

समूहिक खेलतर्फ स्वर्ण जित्ने टोलीले २ लाख, रजत जित्नेले १ लाख र काश्य जित्नेले ५० हजार पुरस्कार पाएका छन् । स्वर्ण दिलाउने प्रशिक्षकले ३ लाख, रजत र काश्य दिलाउने प्रशिक्षकले क्रमसः २ र १ लाख पुरस्कार पाएका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक बिजेता १६९ खेलाडी र ६१ जना प्रशिक्षकलाई नगत सहित सम्मान गरे । सागमा स्वर्ण जितेका उसुकी नीमा घर्तीमगर र जुडोकी फूपूहृलामू खत्रीले ५÷५ लाख पुरस्कार पाए । अर्को स्वर्ण जितेका फुटबल खेलाडीहरुलाई २÷२ लाख दिइयो । फुटबलको हकमा भने सरकारले यसअघि नै ५ लाख दिने निर्णय गरिसकेकाले मन्त्रीपरिषदबाट निर्णय गराएर बाँकी ३ लाख उपलब्ध गराइने राखेप सदस्य सचिव केशव विष्टले जानकारी दिए ।  त्यस्तै २३ रजत बिजेता र ३४ काश्य बिजेता खेलाडीलाई पनि क्रमसः ३ र २ लाख नगतसहित सम्मान गरिएको छ ।

१३ साउन २०७३, बिहीवार १४:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु