नेपालको बलिङ कन्सलटेन्टमा धम्मिका प्रसाद नियुक्त
श्रीलंकाली राष्ट्रिय टोलीका पूर्व खेलाडी धम्मिका प्रसाद नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्टमा नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ ९क्यान० ले आगामी फेब्रुअरीमा ओमानमा हुने टी(२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपालको बलिङ कन्सल्टेन्टका रुपमा उनलाई ल्याउन लागेको हो ।
यसै फेब्रुअरी महिनामा ओमानमा हुने चार देशीय टी(२० सिरिज र टी(२० विश्वकप ग्लोबल क्वालिफायरको लागि धम्मिकालाई बलिङ कन्सल्टेन्टको रुपमा ल्याउन लागेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
ग्लोबल क्वालिफायरका लागि नेपाली क्रिकेट टिमलाई थप एक्सपोजर दिन प्रशिक्षणमा जनशक्ति थप गरेको मल्लले बताए ।
यसअघि क्यानले भारतका रघुराम श्रीनिवासलाई फिल्डिङ कन्सल्ट्यान्टको रुपमा नियुक्त गरिसकेको छ । मल्लका अनुसार धम्मिका शुक्रबारसम्म नेपाल आइपुग्ने छन् । धम्मिका ओमान भ्रमणसम्मको लागि नेपाल आउन लागेका हुन् ।
यसअघि नेपालमा आएर एभरेष्ट प्रिमियर लिग ९ईपीएल० खेलिसकेका धम्मिका नेपाल र नेपाली क्रिकेटसंग परिचित छन् ।
धम्मिकाले गत अक्टोबरमा नेपालमा भएको ईपिएल भैरहवा ग्ल्याडियटर्सबाट खेल्दै ६ खेलमा ८ विकेट लिएका थिए ।
३८ वर्षीय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ एक दिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० खेल र एक टि(२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
२३ माघ २०७८, आइतवार १२:२२ बजे प्रकाशित