क्यानले सार्वजनिक गर्यो साधारणसभाको एजेन्डा
नेपाल क्रिकेट संघ ९क्यान० ले आगामी फागुनमा हुने वार्षिक साधारणसभाको लागि सार्वजनिक सूचना जारी गर्दै एजेन्डाहरू सार्वजनिक गरेको छ ।
यही माघ १२ गते भैरहवामा बसेको क्यान बोर्ड बैठकले वार्षिक साधारणसभा फागुन दोस्रो साता धनगढीमा गर्ने निर्णय गरेको थियो । क्यानले शुक्रबार जारी गरेको सार्वजनिक सूचना अनुसार आगामी वार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीको रुबस होटलमा हुनेछ ।
साधारणसभाले आर्थिक वर्ष २०७७(७८ को वार्षिक लेखापरिक्षण प्रतिवेदन अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि वार्षिक लेखापरीक्षक नियुक्ति गर्ने, सन् २०२२ को कार्यक्रम र बजेट बारे छलफल गर्ने, संघको आर्थिक नियमावली र कार्यविधि सम्बन्धमा पनि छलफल हुने जनाएको छ । नयाँ जिल्ला संघहरूलाई मान्यता दिने, केन्द्रीय समितिमा रिक्त पदहरूमा पदपूर्ति गर्नेलगायत कार्यसूची रहने सूचनामा उल्लेख छ ।
यस्तै सो मितिमा कोरोना महामारीका कारण भौतिकरूपमा उपस्थित भई संघको वार्षिक साधारणसभा आयोजना गर्ने सम्भावना नभएको अवस्थामा सोही मितिमा नै भर्चुअल रुपमा आयोजना गरिने क्यानले जनाएको छ ।
साधारणसभाका एजेन्डाहरू
१ आ।व। २०७७र०७८ को वार्षिक लेखापरिक्षण प्रतिवेदन अनुमोदन सम्बन्धमा ।
२ आ।व। २०७८ र ०७९ को वार्षिक लेखापरिक्षकको नियूत्ति गर्ने ।
३ सन् २०२२ को कार्यक्रम र बजेट बारे ।
४ नेपाल क्रिकेट संघको आर्थिक नियमावली र कार्यविधी सम्बन्धमा ।
६ नयाँ जिल्ला संघहरूलाई मान्यता दिने सम्वन्धमा ।
७० केन्द्रीय समितिमा रिक्त पदहरूको पदपूर्ति सम्बन्धमा । विविधलगायत विषयमा संघको विधानको परिच्छेद ५ को धारा ११ ९ण० बमोजिम थप विषयहरूमा प्रतिनिधीहरूलाई जानकारी गराइन्छ ।
२३ माघ २०७८, आइतवार १२:२० बजे प्रकाशित