एन्फाको बैठक भोलि बस्दै

अखिल नेपाल फुटबल संघ, एन्फाले शुक्रबार आपतकालीन बैठक बोलाएको छ । एन्फाले भोलि शुक्रबारका लागि आकस्मिक बैठक बोलाएको हो ।

नेपाली फुटबलसँग सम्बन्धित विषयमा छलफलका लागि एन्फाले बैठक बोलाएको हो । भोलिको बैठकमा नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामाको विषयमा पनि छलफल हुने बताइएको छ ।

उक्त बैठकमा दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आगामी साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न गरेको प्रस्तावमाथि गहन छलफल गर्ने मुख्य एजेन्डा रहेको बताइएको छ ।

साफले नेपाललाई पठाएको प्रस्तावमाथि छलफल गरी एन्फाले विवरण पठाउने छ । त्यस्तै, बैठकमा प्रशिक्षक अलमुताइरीको राजीनामाको विषयमा पनि छलफल हुने बताइएको छ ।

यसअघि, प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका थिए ।

तर, वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने अलमुताइरीको आरोप झुटो र अर्थहीन रहेको बताउँदै आएका छन् । यस सम्बन्धमा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्न उनले माग गर्दै आएका छन् ।

१४ साउन २०७८, बिहीवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु