न्यायाधीशको संसदीय सुनुवाइ सुरु
काठमाडौँ ।संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ । बिशेष समितिको आज बसेको बैठकमा प्रस्तावित न्यायाधीश दीपककुमार कार्कीमाथि परेका उजुरीका बारेमा छलफल भएको छ । आजको बैठकमा केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हुने कार्यसूची छ ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता भएसँगै सुनुवाइ समितिको बैठक केही समय धकेलिएकाकारण आजदेखि फेरि सुरु भएको हो ।
सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका सातजना न्यायाधीश र चारजना वरिष्ठ अधिवक्ताको नाम न्याय परिषद्ले प्रस्ताव गरेको छ ।
१२ साउन २०७३, बुधवार ०४:३० बजे प्रकाशित