पहिरोले पुरिएर गुल्मीमा ५ को मृत्यु
गुल्मी । अविरल वर्षा संगै गएको पहिरोमा पुरीएर गुल्मीमा ५ जनाको मृत्यु भएको छ । परिोले घर नै पुरिँदा हस्तीचौरमा ३ जनाको र विशुखर्कमा २ सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । हस्तीचौर–१ मल्दीका भिमबहादुर दर्जीको घर बगाउँदा उनीसहित ४९ बर्षकी श्रीमती तुल्सी दर्जी, १९ बर्षकी बुहारी अस्मिता दर्जी र ६२ बर्षकी दिदी कालिका दर्जीको मृत्यु भएको हो । मल्दीको सारु टोलसम्मका १० वटा घर उच्च जोखिममा रहेका जनाइएको छ । विशुखर्क–९ का गोपाल रानाका ८ बर्षका छोरा सुजन राना र ६ बर्षका छोरी सिमना रानाको पनि पहिरोले पुरेर मृत्यु भएको छ ।
यसैबीच गुल्मीको बडागाउँ–६को जलुके गाउँका झण्डै २५ घरधुरी चारै तिरबाट बग्दै गरेको पहिरोको बीचमा परेका छन् । सिङ्गो गाउँ चारै तिरबाट गएको पहिरोले निसास्सिएर बसेका छन ।
११ साउन २०७३, मंगलवार ०४:३१ बजे प्रकाशित