क्रिकेट विवाद मिलाउन आइसिसी टोली नेपालमा

काठमाडौँ । नेपाली क्रिकेटमा देखिएको विवाद मिलाउन अन्तराष्ट्रिय क्रिकेट संघ आईसीसीको टोली नेपाल आएको छ । टोलीका तीन सदस्य आज काठमाडौं आईपुगेका छन् भने दुई सदस्य भोली मात्रै आउनेछन् ।
टोलीमा आइसिसी कानुन शाखा प्रमुख पाउल म्याक्माहोन, आइसिसी एसिया विकास व्यवस्थापक बन्दुला बार्नापुरा र लेखा शाखाका अमर शेख छन् । आइसिसीका प्रमुख कार्यकारी अधिकृत डेबिड रिचर्डसन र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा समेत बिहीबार नेपाल आउने बताइएको छ ।
आन्तरिक बिबादको कारण गएको बैसाख १३ गते नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि उत्पन्न परिस्थितीबारे टोलीले सरोकारवालासंग छलफल गर्नेछ ।
चार दिने नेपाल बसाईका क्रममा आईसीसी टोलीले विवादित दुईवटा क्रिकेट संघका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, नेपाल सरकारका प्रतिनिधि लगायतसँग भेट्ने योजना बनाएको बुझिएको छ । टोलीले सरोकारवाल पक्षसंग छलफल गरी त्यसको निष्कर्ष आउँदो अक्टोबरमा आईसीसी बैठकमा प्रस्तुत गर्नेछ ।

१० साउन २०७३, सोमवार १५:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु