सहमतिमा नयाँ प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिबाट आह्वान
काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ता भित्र राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न सोमवार आज आह्वान गरेकी छिन । नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सो आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सनकालेको विज्ञप्तिमा “राष्ट्रपतिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गरिएको उल्लेख छ ।
१० साउन २०७३, सोमवार १५:१२ बजे प्रकाशित