कांग्रेस र माओवादी केन्द्रले मिलाएर लैजाने, एमालेले सहयोग गर्ने

Three leasersकाठमाण्डौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै दललाई मिलाएर राष्ट्रिय हितका मुद्दाहरू र संविधान कार्यान्वयनमा दृढ रहेको बताएका छन । राष्ट्रपति भवन शीतलनिवासमा भएको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारीसंग भएको भेटमा कामचलाउ प्रधानमन्त्री ओलीले राष्ट्रिय मुद्दाहरूमा आफ्नो र नेकपा एमालेको सहयोग रहने बताए । राष्ट्रपति भण्डारीले नेताहरूलाई पार्टीहरूको बीचमा सहज वातावरण निर्माण गरी सहमतिका आधारमा अघि बढ्न आग्रह गरिन ।

१० साउन २०७३, सोमवार १५:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु