नेविसङ्घको महाधिवेश ब्यवस्थित बनाउन निर्देशक समिति
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसङ्घको ११ औँ महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गर्न र ब्यवस्थित बनाउन पाँच सदस्यीय निर्देशक समिति गठन गरिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घको तदर्थ समितिलाई सहयोग गरी महाधिवेशन गर्न ‘नेपाल विद्यार्थी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका हुन् । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती निकालेर पार्टीको विधान, २०१७ (संशोधन र परिमार्जित)को धारा २४ (६) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन भएको जानकारी दिए । समितिमा गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेका छन् ।
१० साउन २०७३, सोमवार १५:०१ बजे प्रकाशित