फुटसलमा फुटबल खेल्दै युवाहरुहरुद्धारा अन्तरक्रिया सम्पन्न

युवा र उद्यमीका क्षेत्रका काम गर्दै आएको दायित्व नामक संस्थाले युवाहरुमा फरक र नयाँ ढंगले संस्थामा काम गर्न सहयोग पुग्ने हिसाबले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
‘युवा समृद्धि फाउण्डेसन’ अन्तर्गतको कार्यक्रममा दायित्वले यस्तो अन्तरक्रिया कार्यक्रम गरेको हो । समृद्धि फाउण्डेसन, निति इन्टरनेश्नल, टेवा, स्वात्ती, आईआईविए,युवासंस्थाको सहकार्यमा कार्यक्रम भएको थियो ।
शान्तिनगरको एक फुटसलमा भएको कार्यक्रममा फुटबल खेल्नुका साथै अन्तरक्रिया भएको समेत भएको थियो ।
बुद्ध एअर, मर्केन्टाइल र ममेन्टको सहयोगका भएको कार्यक्रममा करिब ६० जना युवाहरु सहभागी थिए । संस्थाका प्रमुख डा. पुकार मल्लको उपस्थितीमा युवाहरुलाई फरक ढंगले काममा अभ्यस्त गराउन यस्तो अभ्यास गरएको हो ।
४ साउन २०७३, मंगलवार ०४:०२ बजे प्रकाशित