४५ जनालाई युवा प्रतिभा तथा उत्कृष्ट उद्यमी पुरस्कार

13567372_1192021044170792_6318502260275199237_nकाठमाण्डौ । सरकारले विभिन्न क्षेत्रमा क्रियाशील ४५ जनालार्ई  युवा प्रतिभा तथा उद्यमी पुरस्कार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले कृषि, बिज्ञान, पशुपालन, समाजसेवा, कला तथा पत्रकारिताबाट युवाहरुलाई उत्प्रेरणा दिने खालका कार्यगर्दै आएका युवाहरुलाई नगद ५० हजार सहित सम्मानद्धारा सम्मान गरेको हो । राजधानीमा अयोजित सम्मान तथा राष्ट्रिय युवा परिषद कार्यालयको उद्य्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्य नाराण मण्डलले सबैको चिन्ता र चासो भएको बैदेशिक रोजगारीमा जाने ठुलो युवा शक्तिलाई स्वदेशमै रोजगार प्रदान गर्नेगरी मन्त्रालय अघि बरिढेको बताए । राष्ट्रिय युवा परिषदको गठन त्यसैका लागि भएको उनको भनाई छ । युवा तथा खेलकुद मन्त्रालयले केहि दिन अघि यसबर्ष नै गठन भएको राष्ट्रिय युवा परिषदमा सदस्यहरूको नियुक्ति गरेको थियो ।
६ सय बोट किवी खेती र बाख्रापालक मकवानपुर आग्राका किसान तारा बहादुर स्याङतान, स्नातक तहमा गोल्ड मेडलिष्ट श्रृष्टि केसी दृष्टिबिहीन युवा, धनकुटालाई खुल्ला प्लाष्टिक मुक्त बनाउन सघाएको देउराली युवा क्लव, विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशील युवाकिरण अधिकारी,शान्ति र विकासका लागि युवा साझेदारी नेपाल रामेछाप, युवा सहभागिता र शसक्तिकरणका लागि क्रियाशील संस्था, भारतबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरी सोलुखुम्बुमा पौलोनिया खेती गर्ने दावा शेर्पा, काठमाडांैको माटो पाँचथरमा लगेर गोलभेडा खेती गर्दै आएका रुपन मगर र खड्ग मगर, बोल्न र सुन्न नसक्ने मुर्ति कुँदेर सफल उद्यमी बन्न सफल हीरालाल विक लगायत सम्मानित भएका छन ।

सम्मान ग्रहण गरेपछि मकवानपुर आग्रा ४ का तारा बहादुर खुसीका शब्दहरु ब्यक्त गर्दै

https://www.youtube.com/watch?v=DYZY_ybLYvw

https://www.youtube.com/watch?v=FfDXnE4FQVw

 

 

 

 

२६ असार २०७३, आइतवार १६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु