बजेट राष्ट्र विकासको प्रस्थानबिन्दु: प्रधानमन्त्रि

PM oliकाठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउादो आर्थिक वर्षका लागि प्रस्तुत बजेट विकास प्रयासको प्रस्थान बिन्दु भएको बताएका छन । आफ्नो नेतृत्वको सरकारले ल्याएको बजेट भएपनि सम्पूर्णको बजेट भएको उनको भनाई छ ।
व्यवस्थापिका–संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति एवम् उपराष्ट्रपति कार्यालयसँग सम्बन्धित प्रश्नहरुको आज जवाफ दिँदै उनले विकास निर्माणको प्रयासमा सरकारले अगाडि बढाएका कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढ्नेछन् भन्ने विश्वास व्यक्त गरे ।
सहरी विकास मन्त्रालयका कामकारबाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन डिभिजन कार्यालयहरु थप गर्ने, चालु योजनालाई समयमा सम्पन्न गर्ने, विद्यमान कार्यालयलाई सशक्तीकरण गर्ने, नयाँ स्थापना हुने कार्यालयलाई साधनस्रोत सम्पन्न तुल्याउने, अन्तरनिकाय मन्त्रालयसँगको समन्वयलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।

२५ असार २०७३, शनिवार १५:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु