सदनबाट विनियोजन विधेयक बहुमतले पारित

ca-300x170काठमाडौँ । व्यवस्थापिका–संसद्ले विनियोजन विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । संसद भवन नयाँ बानेश्वरमा शनिवार बसेको बैठकमा मन्त्रालयगत छलफल सकिएपछि सरकारले पेस गरेको आउँदो आर्थिक वर्षको बजेट सम्बन्धी विनियोजन विधेयक बहुमतले पारित गरेको हो । त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो । यस्तै सदनले आर्थिक विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ । त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई समेत सदनको सर्वसम्मतिले स्वीकृत गरेको छ । बिधेयक पारित भएसँगै आउँदो आर्थिक बर्ष लागे लगत्तै सरकारलाई खर्च गर्न बाटो खुला भएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

२५ असार २०७३, शनिवार १५:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु