सहमतीय सरकार गठनको संभावना सकियो : कांग्रेस र माओवादी केन्द्र

काठमाण्डौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले सहमतीय सरकार गठनको संभावना सकिएको घोषणा गरेका छन । राज्यब्यबस्था समितिको हल सिंहदरबारमा शनिवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बहुमतिय सरकार गठन गरिने उल्लेख गरे ।
उनले राष्ट्रिय सहमतीको सरकार बन्ने ब्यबहारिक संभावना सकिएको बताए ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मधेसी मोर्चा सहितको बहुमतिय सरकार गठनको पहल भैरहेको बताए । संयुक्त बैठकले राजनीतिक समझदारीका निम्ति तीन वटै दलबाट तीन÷तीन जना रहेको एक समिति गठन गरेको छ । ९ सदस्यीय कार्यदलले साउन १८ गतेसम्म सीमाङ्कनमा मधेसी मोर्चाले राख्दै आएको मागबारे संविधान संशोधनका लागि आवश्यक पहल गर्ने, मधेस आन्दोलनमा मृत्यु भएका, घाइते तथा जेल परेकाहरूको विषयमा साझा धारणा ल्याउन भनिएको छ ।
१५ साउन २०७३, शनिवार १०:५३ बजे प्रकाशित