कविता : दशैंको निहुँ र उद्धम

आग्राको पानी माटोको गाग्रामा राखेर खाएसी
रोगबाट दुर भइन्छ दाजु गाउँमा आएसी,
पुर्खौली पेसा अवलम्बन गरि मिहिनेत गरौंला
उकाली ओराली सात भञ्ज्याङ् तरौला ।

महान चाड दशैंको निहुँ गरी आउनु है
शहर छोडि अब गाउँमा नै रमाउनु है,
हासखेल गर्दै पखेरोमा गाई वस्तु चरौला
मातृभुमीको ताजा उत्पादन खाएर मरौला ।

शहरको धुलोधुवामा खुसी छैन तिम्रो मन
उजागर गरौं अब यादगार हाम्रो बलापन,
संगै भएपछी खुशी हुन्छ्न बुवाआमा पनि
फलफुल फलाको छु दाजु आउछ्न भनी ।

२६ असोज २०७७, सोमवार १४:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु