कर्णाली प्रदेशको किचलो अब लफडा हुने दाबी 

कर्णाली प्रदेश संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाका सांससदहरु ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि सत्तारुढ दल नेकपाभित्रैबाट राजनीतिक अस्थिरताको खेल सुरु भएको छ ।

राजनीतिक स्थिरताका लागि भोट मागेर बहुमत पाएको नेकपाले प्रदेश राजनीतिक अस्थिरता निम्त्याउन थालेको छ । राजनीतिक विश्लेषकहरु कर्णालीबाट सुरु भएको किचलो अब गाउँ-गाउँसम्म फैलने र केन्द्रमा पनि फेरि झगडा सुरु हुने दाबी गर्छन् ।

२६ असोज २०७७, सोमवार १३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु