कविता : उसको याद

सायद मेरो नाममा उ उपन्यास लेख्दै छ।
म हिड्ने बाटो अनि गल्लीमा मलाई देख्दै छ।

भन्ने गर्थो मेरो बोली बन्दुकको गोलि जस्तै छ ।
सुन्छु हल्ला आज पनि मेरो मायामा तस्तै छ ।

हो आज पनि म उसको बोलीलाई सम्झिन्छु ।
उसको सम्झनालाई मन भित्र दब्दिन्छु ।

जब टेलिभिजनमा देख्छु,
याद आउछ् उ सङ्ग डुलेका ठाउँहरु
उसले चिनाएका उसका गाउँहरु ।
मठमन्दिर गइन्थ्यो समय बिताइन्थ्यो ।
दुःख बाडिन्थ्यो कामना चिताइन्थ्यो ।

जब साझ पर्छ तब घर फर्किन्थौ ।
जीवनका सुखद समयलाई पर्खिन्थ्यौ ।
अनायसै मेरो जीवनमा आधी लेरायौ ।
अधुरै सपना घोप्टो पारी कोल्टे फेरायौ ।

हारिन मैले एक सफल जीवनको खोजिमा ,
एक्लै भौतारिए सुख भेटाए आफ्नै गोजिमा ।
बधाई छ तिमिलाई सफल पात्र बनायौ।
ब्याबहारिक जीवनलाई सचित्र जनायौ ।

बुझ सबैले खुशी अरुमा खोज्नु बेकार छ ।
जीवन चलाउनु आफ्नै खुट्टामा टेकाएर छ।

२४ असोज २०७७, शनिवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु