कोरोना संक्रमितको बयान

हो हजुर म त कोरोना संक्रमित छुदा अनुभव हुँदैन
हेर्दा देखिदैन छाम्दा पनि भेटिदैन

यस्तो रहेछ कि यो
यसरी फैलिएको छ कि
एउटा घरमा मात्र होईन
एउटा गाउँमा मात्र होइन
एउटा जिल्लामा मात्र होइन
अनि शहरमा मात्र होइन
एउटा देशमा मात्र होइन
सारा संसारभर कोरोनाको महामारी छ
विश्व कोरोनासङ्ग आतंकित छ
कस्तो कोरोना रोग आयो
आजसम्म न यस्को स्वभाव थाहा भयो
न आनीबानी थाहा भयो
न त चालचलन थाहा भयो
न त कुनै उपचार विधि थाहा भयो
न त कुनै भ्याक्सिन नै आयो
आउन त आयो पूरा सन्त्रास आयो
भय आयो कोलाहल आयो ।
हो हजुर म कोरोना संक्रमीत
आन्द्रा नै चुडिने गरि खोकी लाग्छ
नाकै झर्ला झैं गरि हाच्छिउ लाग्छ
मानौ सुर्य नै खसेर लागे जस्तो ज्वरो आउँछ
अनि हातगोडा कट्कटी खान्छ
अनि नमज्जा सङ्ग प्यास मात्र लागि राख्छ
लड्दैछु रोगसङ्ग मेरो हार हुन्छ कि जीत हजुर म त कोरोना संक्रमित

मानौं कोरोना पापीहरु लाई मात्र लाग्छ
मानौं कोरोना अधर्मीहरु लाई मात्र लाग्छ
मानौं कोरोना अभागीहरुलाई मात्र लाग्छ
मानौ कोरोना जिन्दगीको म्याद सकिएकाहरु लाई मात्र लाग्छ
हो त्यस्तै भएको छ
आज कोरोना लागेको भन्दै मान्छे २० हात पर भागिरहेको छ
छियाछिया र दुरदुर गरिएको छ
डाक्टर ,नर्स अनि अरु स्वास्थ्यकर्मी सबै त्रसित
अनि भयवित बनेका छन्
आफ्नो सीप र दक्षता अनुसार
भगवानको रूपमा स्वास्थ्यकर्मी खटि नै रहेका छन्

छन् त सरकार छ
सरकार एउटा मात्र छैन केन्द्र देखि तल सम्म
विभिन्न नामधारी सरकार छन्
उनीहरूलाई उपचारमा संलग्न चिकित्सकको सुरक्षाको लागि
आधुनिक उपकरण अनि बिरामीको लागि उपचार गर्न
आधुनिक मेसिन तथा उपकरण ल्याउन मतलब नै छैन
औषधी तथा उपकरण ल्याएको भनिन्छ
तर नक्कली सामान ल्याएर करोडौं झ्वाम पारिन्छ
सरकारको कामले जनताले खाए चित हो हजुर म त कोरोना संक्रमीत

क्वारेन्टाइनको नाममा यातना गृह
वा हिरासत जस्तोमा राखिएको छ
लामखुट्टे ,उडुस र उपियाको आतंक छ
कुहिएको चामलको भात पकाइएको छ
कुहिएको सडेको दाल र कुहिएको आलु पकाएको छ
न त समयमा औषधि पुर्याउन सकेको छ
न त राम्रो सङ्ग हेरचाह गर्न सकेको छ
न त चिकित्सकको सम्मान गर्न सकेको छ
न त बिरामीको मनोबल नै उच्च बनाउन सकेको छ
तर दिनदिनै करोडौं सिध्याएको छ
हिसाब गोलमाल गरेको छ
कमाउने र लुट्ने मौका यही हो भन्या छ
कोरोनाको नाममा देश लुट्या छ
कोरोनाको नाममा अर्बौं कुम्ल्याएको छ
कोरोनाको नाममा लुट्ने सङ्ग जनता, हो हजुर म त कोरोना संक्रमीत

सरकार कोरोना संक्रमितको संख्या वृद्धि भयो भन्दै
सारा शक्ति लगाएर कर्फ्यु र निशेधाज्ञा लगाउन ब्यस्त छ
यस्को प्रभावकारी उपचार कसरी गर्ने
यस्को प्रभावकारी नियन्त्रण कसरी गर्ने
सरकार सङ्ग कुनै योजना छैन
सरकार प्रमुख भन्दैछन् नआत्तिनु
हाच्छिउ गर्नु तातो पानी बेसारपानी खानु
अनि कोरोना फु गरेर उडाइदिनु

आजसम्म सरकार आम नागरिकको कोरोना परिक्षण गर्न चुकेको छ
नागरिकको मनोबल बढाउन चुकेको छ
कोरोना प्रभावित नागरिक लाई राहत दिन चुकेको छ
१०र२० केजी कुहिएको चामल र दाल दिएको भरमा
सरकारले ८० करोड सिध्याएको छ
मरेपछि मात्र कोरोना लागेको प्रमाणपत्र पाएको छ
यस्तै छ हजुर यहाँको बाताबरण भयवित हो हजुर म त कोरोना संक्रमीत ।

२४ असोज २०७७, शनिवार १३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु