यौन सम्पर्कबाट कोरोनाभाइरस सर्छ कि सर्दैन ?
विश्वनै कोरोना संक्रमणको शिकार भइरहेको बेलामा कोरोना संक्रमण हुने माध्यमका विषयमा विभिन्न तर्कहरु सुनिएका छन् । संक्रमणका माध्यमका बारेमा विज्ञहरुले जानकारी गराएपनि अझैपनि खोज अनुसन्धान भने भईरहेको छ ।
कोरोना भाइरस सरुवा भाइरस भएकाले यौन सम्पर्कबाट सर्छ कि सर्दैन भन्ने प्रश्न भने प्रत्येक मान्छेमा रहेको पाइन्छ ।
डा. एलेक्स जर्ज भन्नुहुन्छ– यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ।
एलिक्स फक्स भन्नुहुन्छ– आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।
डा एलेक्स जर्ज भन्नुहुन्छ– म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ।
एलिक्स फक्स– के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ।
बेलायतका डा एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्।
२४ असोज २०७७, शनिवार १४:१० बजे प्रकाशित