कविता : बुहारीलाई छोरी ठान्नु आमा
विशेष दिनमा पनि आमा पाइन तिमिलाई भेट्न,
मनको रहर थियो आमा, पाइन रहर मेट्न ।
लकडाउनले गर्दा आमा पाइन तिम्रो मुख हेर्न,
फाटिएको तिम्रो फरिया आमा पाइन मैले फेर्न ।
मातृ आंैशीको दिनमा पनि आमा शहरमै रहेँ,
आकाशको फल आमा आखाँ तरी मर भने जस्तै भएँ ।
तिम्रो मुख देख्न नपाउँदा चोटले मन छोयो,
तिमी र म मात्रै होइन आमा संसार पनि रोयो ।
जे छ त्यसैले मान्नु आमा औंशी मान्नु
चित्त नदुखाई आमा बुहारीलाई छोरी ठान्नु
यो वर्ष त यस्तै भयो अर्को वर्ष धाउँला,
कोरोनाबाट बचे आमा माइती सम्झी आउँला ।
८ साउन २०७७, बिहीवार १४:१७ बजे प्रकाशित





