जनचेतना संगै बदलिएको खाम्चा
नवलपरासीको चोरमारा बजारबाट करिब ५ किलो मिटर उत्तर तर्फ खाम्चा टोल रहेको छ ।
बसन्तपुरबाट पारी मैनाघाट गाबिसको वार्ड नं. ९ मा जंगलको घाचमा रहेको खाम्चा टोलमा ९५ प्रतिशत मगर जातिको बसोबास छ । धेरै खाम्चाहा मगर रहेकाकाले टोलको नाम नै खाम्चा टोल रहन पुगेको हो । खाम्चाका दिदी बहिनीहरु दिन भर बनजंगल, मेलापाता तथा घरयासी काममा दिन बिताउँछन । उनीहरुलाई बाहिरी संसारको बारेमा खासै ज्ञान छैन । खासै कुनै किसिमा तालिम, गोष्ठी, छलफलमा सहभागी हुने अवशर पाउँदैनथे ।
तर यही शिलशिलामा परिवर्तन नेपालले हेफर इन्टरनेशनल नेपालको सझेदारीमा मैनाघाट सामुदायिक बिकास परियोजना सुरु ग¥यो । दिदी बहिनीहरुले भने उनीहरुको कुरालाई बिस्वास गरेनन् । त्यसपछि परियोजनामा अवद्ध कर्मचारीहरुले कार्यक्रम बार जानकारी गाराउन प्रत्येक साँझ बैंठकको आयोजना गर्न थाले । बैठकमा भने स्थानिय २÷४ जनाको मात्र उपस्थिती रहन्थ्यो । उनीहरु समुहमा बस्न नचाहनुको कारण थियो, तालीम लिनुपर्छ, लेखपढ गर्न आउँदैन, मासका अगाडी बोल्नुपर्छ, तयसबेला लाज लाग्छ । बैठकमै नगए टण्ठै साप ।
यथार्थ बुझ्दै निन्तर प्रयास गरेपछि भने उनीहरुमा केही सकारात्मक प्रभाव भने पर्न थाल्यो । उनीहरुले मनकामना महिला समुह नामाकरण गरेर रु.१० का दरले रकम नैसंकलन गरी बचत गर्न थाले । समुहमा आवद्ध भएपछि उनीहरुका आत्मनिर्भर हुनुपर्छ भनने भावनाको समेत विकास हुँदै गो । आधारशिला तालिम पनि लिए । समुहमा बस्न नमान्ने उनीहरुको मानसिकतालाई आधारशिला तालिमले निकै परिवर्तन गरायो ।
आधारशिला तालिम लिनु भन्दा अगाडी खम्चा टोल निकै फोहोर थियो सबैले आफ्नो घरको फोहोर बाटोमा फाल्थे । घर वरी परि पनि फोहोर हुन्थ्यो । आफ्नै रसफाइमा समेत ध्यान दिदैनथे । तालिम पश्चात भने उनीहरुको दैनिकि र ब्यवहारमा परिवर्तन आउन थाल्यो । अहिले त खाम्चा सफल नगरी जस्तै भएको छ । घर तथा बाटो वरपर सरसफाई गरिएक छन । धारा नजिकै फोहोर राख्ने बोरा राखिएका छन । 
हप्ताको एक चोटी बाटो सरसफाई गर्ने परीपाटीकै विकास भएको छ । व्यक्तिगत सरसफाइमा उनी उनीहरु निक्कै ख्याल राख्छन । धुवाँले स्वास्थ्यलाई असर गर्ने भन्दै सुधारीएको चुलोको प्रयोग बढ्दो छ । गाउँका समस्या र विकासका सन्र्दभमा निर्धक्क आफ्ना बिचार राख्न सक्ने भएका छन । चार दिने आधारशिला तालिमको लगत्तै चितवनको शक्तीखोरका महिला समुहमा एक दिने अवलोकन भ्रमण जाने अवसर पाए । त्यहाँका महिलाहरुको वास्तबीक कथा पहिले पाएका दुःख र समुहमा आबद्ध भए पछिको सफलाताका क्रियाकलाप आफ्नै आँखाले देख्न पाए । वसले उनीहरुमा थप उत्साह बढ्न थाल्यो । समुहलाई कसरी व्यबस्थीत गर्न सकिन्छ भनेर ३ दिने स्वावलम्बी समुह व्यवस्थापन तालिम पनि लिए उनीहरुले । पछि समुहका दिदी बहिनीहरुले समुहमा समयमै जाने आ आफ्नो जिम्मेवारी पुरा गर्न थाले । पशुलाई कसरी पाल्दा सबै भन्दा बढी आम्दानी लिन सकिन्छ भनि ३ दिने पशुको उचित व्यवस्थापन तालिम लिने अवसर पनि प्राप्त भयो । तालिम पाउनु भन्दा अगाडी यो पशु हो क्यारे भनेर फोहोर पानी दाना दिने गर्थे उनीहरु । बाख्राको खोरबाट ६ महिनामा एक चोटी जुतो निकाल्ने गर्थे । बंगुर त हिलोमा बस्ने जात हो हिलोमा नै राख्नु पर्छ भनि १ बर्षमा १ पटक बंगुरको मल फाल्ने गर्थे । पशुलाई सारै हेलाको द्रष्टिले हेर्ने गर्दथे । पशुको उचित व्यवस्थापन तालिम पाए पछि दिदी बहिनीहरुमा आफुले पशुमाथीलाई गरेको व्यबाहार सम्झी पछुतो लाग्न थालेको छ । तालिमको लगतै खोर तथा गोठमा सुधार गर्न थाले । बस्तुहरुको खोर गोठ दिनहु सफा गर्न थाले । सबैले सामुहिक रुपमा खनिज ढिक्का बनाएर आफ्ना पशुलाई खुवाउन थाले । यसरी पशुको दाना पानीमा पनि सुधार भयो । जसले गर्दा पशुको पहिलेको अवस्थाबाट निकै सुधार हुदै गयो यो देखे पछि उनीहरुमा अझै हौसला बढ्दौ जान थाल्यो उनीहरुले पशुलाई मानवताको व्यवहार गर्न थाले । आज भोली समुहक सम्पुर्ण सदस्यहरुले दैनीक खोर गोठ सरसफाइ गर्न दाना पनीमा पनि ख्याल गर्ने पशुको स्वस्थ्य परिक्षण गर्ने ३÷३ महिनामा बाख्रालाई माटे नाम्ले ,जुकाको औषधी खुवाउने बंगुरलाई पनि जुकाको औषधी खुवाउने गरेका छन । उनीहरुको चेतनाको ढोका खुलेको छ । समुहका दिदी बहिनीहरुलाई सजिलो होस भन्ने हेतुले समुहको पोशाक बनाएका छन । समयको दौडान संगै दिदी बहिनी दाजुभाइहरुले महिला पुरुष संगै बिकास तालिम लिन अवसर पाए । तालिम लिनु भन्दा अगाडी महिला दिदी बहिनीहरुलाई पुरुष दाजु भाईहरुले काममा नसघाउने, घरेलु हिंसा गर्ने गर्दथे भने जब महिला पुरुष संगै बिकास तालिम पाए, त्यस पछि पुरुष दाजु भाइले पनि महिलालाई घरयासी काममा सघाउन थालेका छन । महिला र पुरुष मिलेर काम गर्दा दुबैलाई सजीलो भएको छ । काम पनि समयमा नै सकिएको छ । समुहको कार्यमा पनि पुरुष दाजुभाइले सघाउन थालेका छन । सधै बजारको तरकारी खाने बानी परेका दिदी बहिनीहरुले करेशाबारिको तालिम पाए पछि आफ्नै बारिमा ताजा तरकारी लगाएर खाएका छन । उनीहरुलाई थाहा छ कि बजारको तरकारीमा बिषादी मिसाएको हन्ुछ । त्यसले हाम्रो शरिरलाई असर गर्दछ भन्ने बुझेका छन । यसै बिचमा पुर्व तिर चार दिने अवलोकन भ्रमण जाने अवसर पाए । आफ्ना केही सदस्यहरुलाई भ्रमणमा पठाए । भ्रमण गएर आए पछि सबै जना जम्मा भएर भ्रमणमा देखेका कुराहरु र त्याहँका राम्रा पक्षहरुको बारेमा बिष्लेषण गरे । भ्रमण पछि उनीहरुले पशुबाट आम्दानी लिनको लागि घाँसको बिस्तर गर्नु पर्छ भन्ने सोचका साथ अहिले घाँसमा चासो दिएर सामुहिक नर्सरी बनाइएको छ । बारी काल्नामा घाँसले हरियाली भएका छन ।
उनीहरुले समुहलाई अझै अगाडी बढाउन लगि परेका छन । महिलाहरुको स्वास्थ्यमा ख्याल नगर्ने उनिहरुले जब मातृशिशु तथा एच आइ भि एडस को तालिम पाए त्यस पछि आफ्नो स्वास्थ्यमा निकै ख्याल गर्न थालेका छन । नियमित सरसफाई गर्न गरेका छन । सुत्केरी गराउन पनि सके सम्म अस्पोताल पु¥याउने गरेका छन । तालिमले उनीहरुमा भएका रोगहरु लुकाएर रख्ने बानीमा परिवर्तन आएको छ ।
हिजोको मनकामना महिला समुह र आजको मनकामना महिला समुहमा धेरै फरक भएको छ । हिजो मनकामना महिला समुह जुन अवस्थामा थियो परिचय भन्न नजान्ने बोल्न डराउने, लजाउने, फोहोर कपडा लगाउने, समुहको बैठकमा पनि सकेसम्म उपस्थित नुहने । त्यो अवस्थाबाट आजको मनकामना महिला समुह हरेक कार्यमा समयमै उपस्थित हुने आफ्नो परिचय र्निधक्क भन्न सक्ने कपाल कोरी चिटीक्क परेर समुहको पोशाकमा बैठकमा उपस्थित हुने, बैठकमा आफ्ना बिचारहरु राख्ने, अरुको बिचारको पनि कदर गर्ने, छलफलमा भाग लिने गर्छन । यसरी एउटै परिवार जस्तो समुहका दिदी बहिनीहरु मिलेर बसेका छन । आफुले पाएका बाख्रा बंगुरबाट आम्दनी लिइ अब आफु जस्तै दिदी बहिनीहरुलाई उपहार दिन सोच बनाएका छन उनीहरुले । आगामि दिनमा पशु व्यबसाय गर्न सोच समेत धेरैले बनाएका छन ।
हेफरबाट बिभिन्न तालीम लिए पछि उनीहरुमा तालिम भनेको अति अवाश्यक रहेछ, जीवन उपयोगी रहेछ सिकाइको कहिल्यै अन्त्य हुदो रहेनछ, अवसर पाएको ठाउमा जानु पर्दो रहेछ, भन्ने महशुस भएको छ । समुहमा बचत बढाउनको लागी लाहुरे स्वागत, जन्म दिनको उपलक्ष्यमा रकम संकलन लगायतका कार्य हुन्छन । सम्पूर्ण दिदी बहिनीहरु एकबद्ध भई हाम्रो समुह बिचमा टुटाउनु हुदैन, निरन्तरता दिनु पर्छ र दिगो बनाउनु पर्छ भन्ने सोच राखेर समुहलाई सहकारीमा आवद्ध गराउने प्रयासहरु पनि गरिएका छन ।
-बस्याल रेडियो पत्रकार हुन ।
८ साउन २०७७, बिहीवार १५:५३ बजे प्रकाशित













