थप १०० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

७ साउन, काठमाडौं । बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ ।

महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

७ साउन २०७७, बुधवार १०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु