कोरोना संक्रमणका कारण नेपालमा चिनियाँ नागरिकको मृत्यु
७ साउन, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण चिनियाँ नागरिकको मृत्यु भएको छ ।
४८ वर्षीया महिलाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो । मुटुको बिरामी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डी अस्पतालले शिक्षण अस्पतालमा रिफर गरेको थियो ।
आईसीयूमा राखेर उपचार गर्ने क्रममा उनको बुधबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पोखरामा कार्यरत उनी स्वास्थ्यमा समस्या देखिएपछि त्यहीँको मणिपाल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । मणिपालले रेफर गरेपछि उनलाई साउन २ गते हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
७ साउन २०७७, बुधवार १०:५४ बजे प्रकाशित





