कविता : देश बचाउनु छ नबिग्र ए साथी

  • सुस्मिता बजगाईं

देश विकास गर्नलाई उफ्रउँ माथि माथि
तलतिर हेरन कमिलाको ताँती।
कुल्चिन लाग्यौ लौ उचालन लाती
मानवता रहेनछ तिमिसंग साथी ।।

यिनलाई नै हेर कति मिलि हिँडेका

एक पेट भर्नलाइ कति मिलि दौडेका

जहाँ पुग्छ ताती मिल्छ्न साथी साथी
मित्र तोडेर तिमी पुग्न खोज्छौ माथी।।

परिवर्तन भन्दै उक्लेका छौ माथि
भोकै नाङ्गै तलतिर देख्दैनौ ए साथी
शोषित बन्छौ तिमी हेर कति नजाती
पूरा गरेउ सपना राखी आफ्नो थाँती ।

तिमी पनि बुझ हेर लौ कमिलाको प्रगती
महान ठान्छौ आफुलाइ बिगार्दैछौ मति
पक्कै पनि सुध्रने छौ पुकार्दछु माथी

देश बचाउनु छ नबिग्र ए साथी ।।

२२ मंसिर २०७६, आइतवार १८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु