कविता : माया हावा हो


माया धर्ती हो, आफु थिचिएर पनि प्रेमीलाई उभ्याउँदछ ।

माया भान्से हो, आफू पकाउछ, प्रेमीलाई पनि खुवाँउदछ ।

माया मनसुन हो, जो प्रेमीको अग्लो होचो सबैतिर समान बर्षा हुन्छ ।

माया बाटो हो, आफू मात्रै हिड्दैन, प्रेमीलाई पनि हिडाउँदछ ।

माया हावा हो, जो सबैलाई निशुल्क रुपमा प्राप्त हुन्छ ।

माया गाई हो, आफू बाछा चाट्छ, प्रेमीलाई दूध खुवाउँदछ ।

३० कात्तिक २०७६, शनिवार १५:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु