बाल कविता : मौसम

सुस्मिता बजगाईं
आकाशबाट हिउँ पर्ने डाडा तिर माथि
मंसिरमै चिसो बढ्यो सचेत रहौं साथी ।
मन पर्छ सबैलाई हिउँ खेल्न जान
नर्बिसनु चिसोमा तातो तातो खान
दामन हो राष्ट्रको हिउँ खेल्ने ठाउँ
स्वास्थ्यको ख्याल गरी टोली लिएर जाउँ
चन्द्रागिरीमा पनि हिउँ देख्न पाइन्छ
एक पटक पुग्दा नै प्रकृति भेटाइन्छ
हिमालबाट पनि हिउँ बग्दै बग्दै आउँछ,
हिउँ पग्लेर आउने नदी संसार धाउँछ ।
यस्तो मनोरम दृष्य अन्त कहाँ पाइन्छ ?
स्वस्थ रहे पटक पटक हिउँ खेल्न पाइन्छ ।
शरिरलाई न्यायो राख्न तातो लुगा कस्ने,
बिहान बेलुकी गाह्र्रो भए सिरक भित्र पस्ने ।
बुढा र बच्चालाई चिसोले धेरै माया गर्छ,
यसबाट जोगिन घरकै खानेकुरा खानुपर्छ ।
चिसो पानी नखानु असर गर्छ धेरै,
तातो पानी खानु फाइदा हुन्छ धेरै ।
मौसम अनुसार हामीले ध्यान दिनुपर्छ
जानेको कुरा सबैलाई ज्ञान दिनुपर्छ ।
२७ मंसिर २०७६, शुक्रवार १४:२० बजे प्रकाशित