ओलीले अध्यादेश फिर्ता नलिए राष्ट्रपतिलाई महाअभियोग

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद ऐन संशोधन अध्यादेश फिर्ता नलिए राष्ट्रपति विद्या देवी भण्डारीविरुद्ध महाअभियोग दर्ता गर्ने निर्णय गरेको छ ।

बुधबार आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका थिए । तर, बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित देखिएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा प्रचण्डलाई ओलीले एकचोटि राष्ट्रपतिलाई भेटेपछि मात्रै अध्यादेश फिर्ता लिने विषयमा निर्णय लिइने बताए ।

मन्त्रिपरिषदको बैठक सकियो, अध्यादेश फिर्ताको निर्णय भएन

प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले आजै साँझ ६ बजे डाकिएको क्याबिनेट बैठकबाट संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले प्रचण्डलाई भने,‘एकचोटि राष्ट्रपतिलाई भेटेपछि फिर्ता लिउँला ।’

बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर फर्केपछि खुमलटारमा आफू निकटका नेताहरुसँग प्रधानमन्त्रीसँग भएको कुराकानी ब्रिफिङ गरेका छन् । प्रधानमन्त्रीले अहिले पनि अध्यादेश फिर्ता लिन अन्कनाइरहेको प्रचण्डले आफू निकटका नेताहरुलाई बताएका छन् । त्यसपछि खुमलटारमा जम्मा भएका नेताहरुले अब अत्ति भयो भन्दै प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिए राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता गर्ने निर्णय लिएका हुन् ।

नेकपाको स्थायी कमिटी आपतकालीनरुपमा बस्ने तयारी

मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरिसकेपछि राष्ट्रपतिबाट अध्यादेश फिर्ताको औपचारिक निर्णय गर्नुपर्ने हुन्छ ।

तर, प्रधानमन्त्रीले अहिलेसम्म अध्यादेश फिर्ता लिन आनाकानी गरिररहेको प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुको आशंका छ ।

तर, साँझ बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे मौनता प्रकट गरेको छ । अध्यादेशबारे मौन रहँदै विहीबारको नियमित बैठक सकिएको छ ।

यो संगै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष थप सशकिंत भएको छ ।

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ– राष्ट्रपतिसँग भेटेपछि मात्रै अध्यादेश फिर्ता

साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नगरेको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘आज विहीबार नियमित साप्ताहिक बैठक बसेको हो, बैठकमा अध्यादेशबारे कुनै छलफल भएन ।’

प्रधानमन्त्रीले मुख्यसचिवलाई ल बैठक सुरु गर्नोस् भनेपछि बैठक नियमित एजेण्डाहरुमा प्रवेश गरेको थियो । करिब एक घण्टासम्म बसेको बैठक साँझ ७ बजे सकिएको थियो ।

विवादित अध्यादेशबारे व्यंग्य गर्दै एक मन्त्रीले भने, त्यो अध्यादेश क्याबिनेटले ल्याएको पनि होइन, आज यसबारे कुनै चर्चासम्म भएन ।’

सरकारले मन्त्रिपरिषद बैठकको हवाला दिँदै जारी गरेको अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीले बुधबारको नेकपा स्थायी कमिटी बैठकमा जनाएका थिए ।

तर, बिहीबार पुन परिषदको बैठक डाकिएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आपत्ति जनाएपछि परिषदको बैठक रोकिएको थियो ।

पूर्वमाओवादी नेताहरु कुन बेला जेल जानुपर्छ ठेगान छैन : देव गुरुङ

२ पुस २०७७, बिहीवार २०:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु