शुक्रबार र शनिबार काठमाडौंका यी ठाउँमा तीन घण्टा लोडसेडिङ

शुक्रबार र शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।
बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नलाई विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ।
शुक्रबार बिहान ७ बजे देखि १० बजेसम्म र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।
साथै सो कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा छिटो लाइन सुचारू हुन सक्ने प्रधिकरणले जानकारी दिएको छ।
२ पुस २०७७, बिहीवार २०:२२ बजे प्रकाशित