मन्त्रिपरिषदको बैठक सकियो, अध्यादेश फिर्ताको निर्णय भएन

मन्त्रिपरिषदको बैठक सकिएको छ ।

साँझ ६ बजे सुरु भएको मन्त्रिपरिषदको नियमित बैठकले संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन अध्यादेश फिर्ताको अपेक्षा गरिएको थियो । तर, त्यस अनुसार निर्णय नभएको जनाइएको छ ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकचोटि राष्ट्रपतिलाई भेटेपछि अध्यादेश फिर्ता लिने विषयमा निर्णय लिइने बताएका छन् ।

२ पुस २०७७, बिहीवार १९:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु