प्रचण्डका मन्त्री हटाएर नेपालकालाई ल्याउने ओलीको प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद फेरि बढ्न थालेको छ । विवाद बढेका समयमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँग झण्डै २ः३० घन्टा भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाललाई भेटवार्ताका लागि बालुवाटार बोलाएर पार्टीका विभिन्न गतिविधिमा छलफल गरेका बालुवाटार स्रोतले जानकारी दियो ।

ओली-नेपाल गोप्य भेट सकियो, दीर्घकालिन सहकार्यबारे छलफल

भेटवार्ताका क्रममा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको निकटतामा असन्तुष्टि जनाएका थिए । उनले भेटवार्तामा भने, ‘आज भोलि त आउनै छाड्नु भयो। भेटवार्ता पनि हुन छाड्यो । यसरी भएन, अब मिलेर जाऔँ । तपाईँ अन्त जानुहुन्छ ।’

भेटवार्ताका क्रममा नेपालले भने, ‘मिल्ने कुरामा मेरो कुनै आपत्ति छैन, मिल्नुपर्छ । तर, कुन कुरामा मिल्ने ? विधि र प्रक्रियामा मिल्ने कुरा ठिक छ । व्यक्तिवादलाई मान्यहुनेगरी मिल्ने कुरा हुँदैन । पार्टीलाई विधि र प्रक्रिया अनुसार अगाडि बढाउने कुरामा मिल्न म तयार नै छु ।’

कोरोनामा हात उठाए सरकार फालिदिन्छौ : झलनाथ खनाल

बालुवाटार स्रोतले नेपालसँगको भेटवार्ता सकरात्मक भएको जनाएको छ । तर, नेपाल निकट स्रोतले भने भेटवार्ताका क्रममा ओलीले प्रष्ट कुरा नगरेर खाली मिल्नेमात्रै कुरा गरेका थिए । कर्णालीमा देखिएको विवाददेखि पार्टीको महाधिवेशनमा नयाँ नेतृत्वसम्म छलफल भएपनि कुनै सहमति नभएको स्रोतको भनाइ छ ।

ओलीले नेता नेपाल सामु प्रचण्डका मन्त्री हटाएर नेपालकालाई ल्याउने प्रस्ताव समेत राखेको स्रोतको दाबी छ ।

सरकार दशैं पछि ढल्न सक्छ : माधव नेपाल

५ कात्तिक २०७७, बुधवार ०७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु