कोरोनामा हात उठाए सरकार फालिदिन्छौ : झलनाथ खनाल

सत्तारूढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कोरोना संक्रमितको उपचारमा सरकारले हात उठाउन नमिल्ने बताएका छन्।

खनालले कोरोना संक्रमितको उपचार राज्यको प्रमुख दायित्व भएको बताए।

‘कोरोना संक्रमितको उपचार राज्यको प्रमुख दायित्व हो। सरकार भनेको सबै जनताको अभिभावक हो, अभिभावकले हात उठाएर पन्छिन मिल्दैन दायित्व लिनुपर्छ’ खनालले भने ‘सरकारले संविधानको पालना गर्नुपर्छ। संविधानमा मौलिक हक अन्तर्गत स्वास्थ्य सुविधा निःशुल्क पाउनुपर्छ भनेर उल्लेख गरिएको छ।’

संविधानमा उल्लेखित मौलिक हकलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने भन्दै खनालले संक्रमितको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन्।

४ कात्तिक २०७७, मंगलवार १६:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु