प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई प्रचण्डको सुझाव

नेपाल र खनाल पनि असन्तुष्ट

कोरोना संक्रमितको उपचार निशुल्क गर्न नसक्ने भनेर सरकारले हात झिक्न खोजेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुृष्टी जनाएका छन् । नागरिकको उपचार पनि गर्न सकिँदैन भन्ने लागेको भए नैतिकताका आधारमा राजीनामा दिन प्रचण्डले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनाका दिन सुझाव दिएका हुन् ।

नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले पनि विज्ञप्ती निकालेर कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णयमा आपत्ति जनाएका छन् । यस्तो निर्णय तत्काल फिर्ता लिन मा गर्दै नेता नेपालले मंगलबार नै विज्ञप्ती निकालेका हुन् ।

सरकार दशैं पछि ढल्न सक्छ : माधव नेपाल

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको उनले बताए ।

मंगलबार विज्ञप्ति जारी गर्दै नेता नेपालले कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन् ।

यस्तै, नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि कोरोना संक्रमितको उपचारमा सरकारले हात उठाउन नमिल्ने बताएका छन्।

‘कोरोना संक्रमितको उपचार राज्यको प्रमुख दायित्व हो। सरकार भनेको सबै जनताको अभिभावक हो, अभिभावकले हात उठाएर पन्छिन मिल्दैन दायित्व लिनुपर्छ’ खनालले भने ‘सरकारले संविधानको पालना गर्नुपर्छ। संविधानमा मौलिक हक अन्तर्गत स्वास्थ्य सुविधा निःशुल्क पाउनुपर्छ भनेर उल्लेख गरिएको छ।’

संविधानमा उल्लेखित मौलिक हकलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने भन्दै खनालले संक्रमितको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन्।

कोरोनामा हात उठाए सरकार फालिदिन्छौ : झलनाथ खनाल

४ कात्तिक २०७७, मंगलवार १७:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु