६ महिनाभित्र एकता सक्ने साझा र विवेकशीलको निर्णय

पार्टीको नाम- विवेकशील साझा, दुई अध्यक्ष रहने

अब विवेकशील र साझा एकीकरणको अन्तिम तयारीमा जुटेका छन्।

यी दुई दलबीच एकीकरणपछि एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहने समझदारी बनेको छ।

चुनाव चिन्ह तथा झण्डामा तराजु रहनेछ।

केन्द्रीय कार्यालय बखुन्डोलस्थित साझा पार्टीकै कार्यालयमा रहने र विवेकशीलको अहिले रहेको सामाखुसी कार्यालयबारे केन्द्रीय समितिले निर्णय गरे अनुसार हुनेछ।

पार्टीमा दुई जना संयोजक रहने समझदारी पनि भएको छ।

जसअनुसार बरियाक्रममा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पहिलो बरियतामा रहन्छन्।

एकीकृत पार्टीको संयोजन समिति, सचिवालय र संघीय तथा केन्द्रीय समितिमा दुबै पार्टीबाट बराबर सदस्य रहने सहमति छ।

पार्टी एकीकरण सम्झौता भएको मितिले छ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने उनीहरूले प्रतिवद्धतासमेत जनाएका छन्।

तर पार्टीको कार्यकारी भूमिकामा दुबै संयोजक रहने दुई पार्टीले गठन गरेको संवाद समितिको संयुक्त प्रस्ताव प्रतिवेदनमा उल्लेख छ।

दुबै दलका केन्द्रीय समितिले निर्णय गरेपछि पार्टी एकीकरणको घोषणा गरिने उनीहरूबीच समझदारी छ।

विवेकशील र साझाबीच २०७४ साउन ११ गते एकीकरण भए पनि लामो समय टिक्न सकेन। उज्ज्वल थापा नेतृत्व समूह बाहिरिएपछि विवेकशील नेपाली दल गठन गरिएको थियो।

उनीहरूले दल विभाजन हुनुमा वैकल्पिक राजनीतिकै लागि दुस्खद घटना भएकोसमेत प्रतिवेदनमा उल्लेख गरेका छन्।

साझा र विवेकशील एकीकरणपछि अन्य दलसँग पनि एकीकरण गर्ने तयारीमा उनीहरू छन्।

४ कात्तिक २०७७, मंगलवार १७:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु