महाधिवेशनमा देउवाको सामना गर्ने रामचन्द्र पौडेलको घोषणा

देउवाविरुद्ध योजनाबद्ध रुपमा अघि बढ्ने

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै जाँदा संस्थापन इतर समूह सभापति शेरबहादुर देउवा पक्षविरुद्ध योजनाबद्ध रुपमा अघि बढ्ने भएको छ।

इतर समूहले पछिल्लो समय देउवाले पार्टीका विभागमा गरेको मनोनयनलगायतका विषयलाई एजेण्डा बनाएर देउवाविरुद्ध प्रचार अभियान तीव्र बनाउनेदेखि अनशन बस्नेसम्मका तयार गरेका हुन्।

शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराल, नेता शेखर कोइरला, महेश आचार्य, अर्जुननरसिंह केसी, गुरुराज घिमिरेलगायतका नेताहरुले भर्चुअल माध्यमबाट बैठक गरेर देउवाका कामकारबाहीविरुद्ध निर्णायक कदम चाल्ने निष्कर्ष निकालेका हुन्।

कांग्रेसभित्रको रडाँको उरालियो, पौडेलले बोलाए देउवाविरुद्धको रणनीतिक बैठक

इतर पक्षले तयार पारेको प्रतिवेदनका आधारमा कृष्ण सिटौलालाई समेत साथमा लिएर मोर्चा बन्दीलाई अघि बढाउने घोषणा वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन्।

भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले एकलौटी ढंगले अघि नबढ्न पटकपटक औपचारिक अनौपचारिक रुपमा ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले अब वार कि पार गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।

‘हाम्रा भनाइलाई जति गर्दा पनि व्यवास्ता गरियो। अब वार कि पार गर्नुपर्छ भन्ने आवाज साथीहरुले उठाइरहनुभएको छ, पौडेलले भने।

संस्थापन इतर पक्षले तयार पारेको प्रतिवेदनमा पार्टी समायोजनलाई निर्धारित कार्यतालिका अनुसार अघि बढाउन नसकेको, क्रियाशील सदस्यता वितरण मनलाग्दी ढंगले गरेको, विधानले तोेकेको समय घर्केपछि महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन गरेको, भातृ तथा सुवेक्षक संगठनमा पनि आफू अनुकुल व्यक्तिलाई स्थान दिएको जस्ता विषयलाई प्रमुखताका साथ उठाउने उल्लेख गरिएको एक नेताले जनाकारी दिए।

पार्टीलाई स्वइच्छाचारी रुपमा नचलाउन वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सभापतिलाई औपचारिक रुपमै लिखित निवेदन दिए पनि देउवाले त्यसलाई बेवास्ता गर्दै आएका छन्।

कांग्रेसका असन्तुष्ट नेता एकजुट सभापतिलाई सम्झाउने, नमाने अनशनदेखि घेराउसम्म गर्ने

देउवा इतर समूहमा उनीविरुद्ध एक हुनुपर्छ भन्नेमा सबै नेताहरु सहमत भए पनि सभापतिको आकांक्षी भने धेरै जना देखिएका छन्।

आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा तोकिएको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट पौडेल, शशांक, शेखर, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला सभापतिको आकांक्षीका रुपमा देखिएका छन्। संस्थापन पक्ष सभापति देउवा स्वयम्, उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ सभापतिको दाबी गरिरहेका छन्।

२० भदौ २०७७, शनिवार २१:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु