मानविय सम्वन्धका यथार्थता

Untitledअसार २०७३ ।  प्रियतम,यो मेरो सातौ लेख तिम्रो लागी आज । मेरो साथी, म तिमीलाई पहिले जस्तै अझै पनि पर्खि बसेको छु । मेरो भन्नुनै तिमी हौ सायद म यहाँ आरामै भएता पनि मेरो तन,मन आज म भन्दा धेरै टाढा टाढा रहेको छ । तिमी देश वा बिश्वको जहाँ जुन कुनामा बसेता पनि मलाई थाहा छ, यो पत्र तिमीले जसरि पनि पढ्ने छौ । तिमीले पुकार्ने ति सुन्दर शब्दहरुमा म यहि आशा गर्न सक्छ,ु तिमी मेरो जिन्दगीमा फेरि आउने छौ बाहार बनि हाजरौ कोस टाढाबाट केबल मेरो लागी केबल । मेरो धडकनहरुले साच्चैनै तिमीलाई ह््दय देखि नै सम्झिदै हुनेछन् ति दिनहरुमा जब तिमी मेरो निम्ती मलाई लिन आउने छौ । आउँने छौ तिमी । म एउटा सानो रुखको , सानो फूल अनि नयाँ नयाँ भावनाहरुको निमार्ण गर्न थाले, त्यो सुन्दर दिन देखि जब तिमीले मेरो मोवाईलमा जानी नजानी एस.एम.एस पठायौ । त्यस पश्चात तिम्रो र मेरो शब्दहरु एक अर्कामा साटा साट सधै जसो हुन थाल्यो । केहि केहि माध्यमहरुको प्रयोग गरेर हामीले एक अर्कालाई आफना भाबनाहरु साटा साट गरेका समयहरु अझै पनि उस्तै सम्झना भैरहेछ मलाइ । अचानक तिम्रो कारणले एका एक मेरो निराशा भरिएको जिवनमा खुसिको बहार ल्याईदियौ, केवल तिमी नै हौ । हामी दुई एक अर्कामा मायाका कुराहरु गरेता पनि तर कहिले एकले अर्कालाई भने भन्न सक्दैन थियौ । एक अर्कामा जहिले पनि फोनहरु निरन्तर नै भै रहन्थ्यो चाहे रात वा दिनहरुमा भुतले तर्साए जस्तै गरि एकाएक तिमी संग सधै जसो । मलाई उसले अन्य कुराहरुमा भन्दा पढ्नमा धेरै समय र ध्यानकर्षण गर्न भनि रहन्थ्यो जस्तो कि एउटा आमाले आफनो सन्तानलाइ धेरै मायाँ र सत्यबाटोमा हिड्न भने जस्तै । म सौच्ने गर्थे, मलाई नभेटि मेरो भावना र मलाई जसले बुझने कोशिस ग¥यो त्यो केवल तिमी हौ । तिमी नै मेरो बाटो देखाउने पथ प्रदर्शक हौ ।
कुनै निश्चित समयमा हाम्रो यो असल मित्रताको नाता र भावनाहरु पनि त कतै साचो मायाँमा परिवर्तन त हुने होईन जब हामीले यसको शिर्षक एउटा राम्रो मित्रता वा सहयोगी साथि राखेको थियौ । तिमीले केहि गरि कुनै भावनाहरु मायाँका बारेमा सुनाउथ्यौ भने मेरो लागी, सायद म पनि सुन्थे होला । कुनै शब्द विनानैैे सुनाउथ्यौ भने पूर्ण विश्वासका साथमा । सायद म त्यो नै साचो भन्थे होला भित्री मन देखिनै कुनै फरक बिना आफनै आवाजले विश्वासका साथ भन्थे । मायाँ के हो ? कसैलाई पनि थाहाँ छैन होला । खै कसलाई मन पर्दैन होला सपनामा आफनो नाम पुकार्दा र तिमीलाइ नै हो मैले बोलाएको, तिमीले नै मलाई बुझन सक्छौ ।
कुनै समयमा मैले मेरो मायाँ साचो र आत्माबाटनै गरेको हो भनि प्रमाण नहुने समय सम्म हामी एक अर्कामा कहिले पनि नभेट्ने र प्रस्तावहरु पनि नगर्ने बाचा सहित बस्ने छौ मेरो राजकुमार । आज पनि म तिम्रो मायाँमा अझै पागल भैरहेकै हुन्थे होला । मेरो साथि तिमीले भनेका ति शब्दहरु र मलाई दिएका सल्लाहाहरु अझै पनि मलाई उसतै सम्मझना भैरहेको छ । सायद तिमीले यो पनि बिर्सने छैनौ होला । तिमीले मलाई सधै भनि रहनेनै ग¥थ्यौ र समय संग हिड्न पनि सिकायौ । धेरै अप्ठ¥यारो स्थितीमा पनि संघर्ष गर्न सिकायौ,मलाई सक्षम बनाउन धेरै नै कोशिस गर्ने गथ्यौ । साझको समयमा सधै जसो मेरो शरिरहरु पुरै डराउने र काम्ने ग¥थ्यो । जब म तिमीसंग केहि कुराहरु गर्न सुरुवात गर्थे अनि म आश्चर्यमा पर्थे किनकी तब मेरो सारा डरहरु एकाएक हावा जस्तै भएर आकाश तिर भाग्ने ग¥थ्यो । जहाकहि तिम्रो बारेमा प्रशंसा गर्ने त्यस्तो कुनै शब्द नै म भेटदैन थिए मेरो साथि तिमी म भन्दा युवा छौ । तर तिमी म भन्दा राम्रो,दयालु,सहयोगी,सक्षम,आत्मा बिश्वास भएको, आदि यस्तै यस्तै अनि तिमीसंग भएको शक्ति म जस्तै परिर्वतीत मान्छे थियो ।
म आफनो जिन्दगी पढाइमा नै बिताउने गर्छु, तर पनि मेरो शब्द मा तिमी छौ,मेरो बोलीहरुमा तिमी छौ,तर आज पनि तिमी नै छौ । मेरो सारा सुख,दुःख,स्वास्थ,प्रस्तुती,सोच्ने आदि सम्पुर्ण स्थानहरुमा तिमीनै तिमी छौ मेरो प्रियतम । अझ ताजानै छ त्यो हाम्रो अन्तिम एस.एम.एस मेरो मनमा । ति अन्तिम एक अर्कामा दाजेका क्षणहरु अझै पनि उस्तै छ मेरो मन अनि तनहरुमा तर पनि ति अन्तिम केहि शब्दहरुले मेरो जीवन जिउन अझै सजिलो बनाइरहेको छ ।
जब मैले तिम्रो एस.एम.एस प्राप्त गरे त्यो मंगलबारको रात थियो मलाई सम्झना भैरहेको छ । जब मैले त्यो पढे म चुप भएको थिए । जब तिमीले भनेको थियौ फोन गर्न,मेल गर्न र एस.एम.एस गर्न बन्द केवल एक बर्षको लागी साच्चै मलाइ धेरैनै गाह्रो भइरहेको थियो । सायद के हुदै थियो मलाइ स्वयम केहि थाहा थिएन् । अचानक मेरो सम्पुर्ण शक्ति सकिएको अनुभब भयो । मलाई लाग्यो यो संसारमा फेरि म एक्लो भए । तर अन्तिम शब्दहरु यस्तो लाग्ने थियो कि अझै पनि उ म संगै छ जस्तो अनुभुती गराउद्थ्यो । म तिमीलाईनै मायाँ गर्छु । म पछि भेटछु होला एक बर्ष पछि मलाई पर्खि बस यहि नै थियो अन्तिम शब्द त्यस एस.एम.एसमा । मेरो परिक्षा पनि चाडै नै सकियो । उसको निम्ती मेरो मायाँ भित्री मुटूको कुनाबाट भएको कारणले पनि होला मलाई अझै पनि आशा र उ प्रति को सकरात्मक भाबनाहरु रहेको थियो ।
धेरै समय भैसकेको थियो मेरो प्रियतम । जब मलाई थाहाहुदै थियो । म उसको मायाँमा , उ संग संगै बाधि सकेको थिए । केहि दिनहरुको लागी,म आफैमा अनियन्त्रीत भए झै हुन पुगे । तर समयसंगै समयलाई पछ¥याउदै हिड्थे । तिमीलाइ पर्खिदा र तिम्रो निम्ती सजाएर राखेका आशाहरु फेरि केहि मात्रामा टुट्न्न थाल्यो । तिमी संग भेट्ने दिनहरुको प्रतिक्षामा दैनिक रुपमा दिन गनेर नै विताउने गर्थे । मेरो मुटूको हरधडकनहरुले केवल तिम्रो नाम र तिमी मात्रै पुकार्ने गर्छ,तिमीलाइ मात्रै चाहान्छ र तिमीलाइ मात्रै मायाँ गर्छ ।
मेरो मायाँ तिमी नै हौ । मेरो आकाक्षं हौ । तिमीनै मेरो मार्गदर्शन हौ । तिमीनै मेरो मायाँ हौ । आदि , मैले कहिले पनि देखिन तिमीलाई । मलाई थाहानै नभइकन तिम्रो बानी र ब्यबहारहरुले कति छिट्टै मलाई आर्कषण गरि सकेछ । मेरो मुटूका धडकनहरुले तिमीलाइनै सम्झिरहन्छन । हजारौ समय सम्म जीवन भरि नै तिमीलाइनै सम्झि रहन्छ । तिमीलाइ त के थाहा । मलाइ यहाँ कति पिडा भैरहेको छ भनि । केवल तिमी म भन्दा धेरै टाढा छौ । अर्को तर्फ म धेरै खुसि छु । मैले तिमीलाइ मेरो मनका कुराहरु नभनेता पनि आज यो लेख मार्फत आफै भन्दै छु । मेरो साचो माया तिम्रो लागी….म केवल तिमीलाइ मात्रै चाहान्छु । तिम्रो हात समात्न चाहान्छु, । टाउको झुकाउदै भन्न चाहान्छु ।  बिश्वास गर  त्यो सानो कविता केवल तिम्रो लागी……….।
म सेक्स पियर होईन,तिम्रो बारेमा कविता लेख्न्
म नारायण गोपाल पनि होईन,तिम्रो लागी गित गाउँन
म लिओनार्दो दा भिन्ची पनि होईन,तिम्रो लागी चित्र कोर्न
म त केवल तिम्रो साचो प्रेमी हू, जो सधै तिमीलाई मायाँ गरिरहन सक्छु ।

३ असार २०७३, शुक्रवार १२:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु