सोध्न नसकेको प्रश्न ?

sumi darlami

एउटा कुरा भन्छु है ?
हुन्छ के कुरा भन्नुन ।
कसम कसैलाई भन्दैनौ ?
भन्दीन ।
भगवान कसम भन्दीन भन…
कसम भन्दीन के भाबी विश्वास लाग्दैन ?
लाग्छ र त भन्न खोज्दै छु ।
कसैलाई नभन है फेरी मैले थाहा पाए भने बोल्दीन नि ।
हुन्छ, भाबी अब त भन्नु के कुरा हो ।
तिम्रो चुडेल त भागेछ नि !
हँ !
कहा भाबी किन ?
ल बुद्धु देवर जी केटाको घर पोइला भागेछ नि ।
के रे भाबी ?
मेरो बोलि बन्द मात्रै नभइ एक छिन् त श्वासप्रश्वास प्रणालीनै रोकियो । कहिले ?
हिजो भागेको रे ।
साचै भाबी ? जिसकेको त होइन नि ।
ल, तिमी सँग यस्तो कुरामा पनि जिस्कन्छु त !
तर भाबी…
तर सर छाडिदेउ, साच्चै हो मैले हिजोनै थाहा पाको भन्न मन लाग्यो थियो तर पनि भनिन । तर, नभनि पनि बस्न सकिन । अनि, तिमीलाई भने किनकि तिमी उसको कोल्ज थियौ । तिम्रो दाई म उसको भाई, मामा माईजु र मितलाई बाहेक यो कुरा कसैलाई थाहा छैन् । मित अर्थत् उसको प्रेममी जो मेरो भाबी जि मित भन्नु हुन्थ्यो । त्यसैले तिमी अरुलाई नभन पछि आफै हल्ला हुन्छ । उसको अफिस लागेपछि । थाहा नभएको जसरी चुपचाप बस्नु । हुन्छ भाबी भन्दीन ।मेरो दिमाग रन्थनियो एकाएक फल्स ब्याकमा पुगे, साचो हो या झुट कन्फीयुज भए ।
उसको र मेरो चिन्जान फेसबुकबाट भएको थियो । त्यस्तै १०,११ महिना अघि मैले कहिले सोचेको थिइन उनि सँग यसरी नजिकिन्छु भनेर, मेरो फेसबुक वालमा केही समय देखी उ देखा पर्दै थि । तर मैले वास्ता गरिन किनकी त्यो सँसारमा हजारौ छन् क–कसलाई साथी बनाउने चिनेर साध्य छैन् । सधैका दिन झै बेलुकी अनलाइमा थिए फेरी फेसबुकले देखायो डु यु नो ? भन्दै उसको नाम , मलाई त्यो दिन उसको प्रोफाइल हेर्न मन लाग्यो र मैले उसको नाममा किल्क गरे हामी बिच १४ जान मेन्चुअल फ्रेन्डहरु राहेछन् । ति मेन्चुअल फ्रेन्डहरु जसलाई म चिन्थे अनि मलाई उसलाई पनि साथी बनाउन मन लाग्यो र फ्रेन्ड रिकोयस्ट पठाए ।भोली पल्ट नोटिफिकेसनमा मेरो रिकोयस्ट स्विकार गरेको आयो । अनलाइ देखि रहे तर बोलचाल भएन । केही दिन पछि मैलेनै बोलाको थिए हाइ भनेर प्रतिउत्तरमा हेलो अनि बिस्तारै घर,काम सबै एकअर्कोको बारेमा बुझेका थियौ । त्यसपछिका दिनमा अनलाइ,अफलाइन देखी रहे तर बोल्चाल खासै भएन ।

एकदिन उन्नलेनै म्यासेज गरि हाइ के छ ? सन्चै छौ ? एकदम ठिक छु । तिमीलाईकस्तो छ ? यस्तै यस्तै । ति दिन पछि हामी प्राय च्याटमा निरन्तर कुरा गरिरहौ । कहिले उ बोलाउ थि,कहिले म यसरीनै सम्बन्धको बिस्तार हुदै थियो । एकदिन उन्नले भनी तिमी त जतिबेला पनि अनलाइन है ? मैले भने तिमी आउछौ कि भनेर नि । फेरी भनि कहि नभएको गफडी छौ है !गफाडी ।ओ ! रेयल्ली तर तिमी पनि त कम छैनौ नि ! यो भन्न साथ प्रतिउत्तरमा स्माइलको स्टीकर पठाइ र भनि कहि नभएको खडुस । त्यस्तो खडुस त म होइन होला नि ! उसले भनि तिमी खडुसनै हो अरु भन के छ ? खडुस बन्यो त्यो दिन बाट मेरो नाम उसलाई मैले भनेका केही कुरा चित्त बुझेन भने खडुसनै भन्थी । दिनहरु बिदै थिए ति दिनहरु सँगसँगै हाम्रो कुराकानीहरु साथमा फोटो आदानप्रदान पनि , एकदिन फोन नम्बर मागे तर उसले भनि फेसबुकमानै कुरा गरौला किन चाहियो फोन नम्बर मैले बुझे उ मोबाइल नम्बर दिन चाहान्न । फेसबुकमा प्राय बोल्चाल निरन्तर थियो । एकदिन उसले च्याटमा फोटो पठाइ र मैले पनि पठाए फोटो हेरेर उसले भनि तिमी स्वयमबु कहिले आको थियौ ? हिजो साथीहरु सँग आको थिए । मलाई किन नभेटेको त खडुस ? कसरी भेट्नु ?फोन नम्बर थिएन कल गर्नलाई ,हो त है ल पछि भेटौला नि है । मैले हुन्छ भने उसको अफिस स्वयमबुमा थियो । फेरी म त्यहा प्राय साथीहरु सँग घुम्न गइरहेको हुन्थे । हामी च्याटमा बोलेको पनि ७,८ महिना भइसकेको थियो । एउटै शहरमा तर प्रत्यक्ष हाम्रो कहिले भेट भएको थिएन । अझ भनौ फोन नम्बर समेत थिएन । फेसबुकमा लाइक, कमेन्ट,च्याट र म्यासेन्जरमा कहिलेकाही कल बस यति । यदि मैले चाहेको भए उसको फोन नम्बर साथीहरु बाट लिन सक्थे तर म उनि आफैले दिएको हेर्न चाहान्थे । अझ खुल्ला रुपमा भन्दा उन्नको त्यो फोन नम्बर नदिने घमण्ड मलाई तोड्नु थियो । मैले दुई पटक त फोन नम्बर मागेको थिए तर पाइन ।त्यसैले म उसलेनै मागे दिने नत्र म नमाग्ने अडमा बसे ।
बिभिन्न चाडपर्बको शुभकामना आदनप्रदान भयो तर फोन नम्बर साटासाट भएन । हुन त त्यो जरुरतको बिषयत थिएन तर भने पनि एउटा साथीको नाता त थियो नि । त्यत्रो समय बितिसकेको थियो साथी भएको धेरै कुराहरु सियर हुथ्यो । अफिसमा आज यस्तो भयो उस्तो भयो,मैले यो गरे , अब त्यो गर्छु आदि इत्यादी । २०७३ सालको शुभकामा साटासाट भयो ।तर फोन नम्बर भएन म नि हेर्दै थिए कतिन्जेल सम्म यस्तो हुदो रहेछ ।२०७३ साल लागेको केहीदिन पछि एनफा कम्पेल्क्स सातदोबाटोमा महिला फुटबल लिग चलेको थियो । मैले चिनेको फुटबल खेलाडी दिदीहरु र साथीहरु थिए त्यसैले म पनि गेम हेर्न गएको थिए । त्यही फोटो फेसबुकमा अप्लोड गरेको थिए । उसले भनि फोटो त खुब छ नि है । खेलाडीहरु सँग बबाल बबाल । मैले भने अलिअलि के बबाल हुनु ,उत्तरमा अलिअलि होइन धेरैनै भनन खडुस हिहि .. मन त तिमी सँग थियो फोटो खिच्न तिमी छैनौ के गर्नु ! तिमी सँग भेटनै हुदैन  । हेर गफाडी भइहाल्छ नि  यार , खै ! मलाई त त्यस्तो लाग्दैन एउटा फोन नम्बर समेत छैन् । भेट हुनु त परको कुरा हो आजकाल त तिमी कुनै सेलिब्रेटी झै लाग्न थाल्यो । उसले रिसाएको स्टीकर सहित भनि हो त हो म सेलिब्रेटीनै हो । उ प्राय यस्तै गर्थि बेला बेला रिसाउने । मलाई नि रिस उठयो नबोलि बसे उता बाट म्यासेज आयो बिजि हो खडुस ? छैन किन ? कता छौ तिमी ? म सुन्धारा छु स्वयमबु आउन लागेको । तिमी आउ म चाही जान्छु है । यति चाडै ? आज शुक्रबार होइन त १ बजेनै छुट्छ नि । ए हो त है ल ल जाउ  । ल राम्रो सँग बस है खडुस अनि तिम्रो फोन नम्बर नि खडुस । यहि दिनको प्रतिक्षमा थिए तर भने किन नि ? त्यति के भनेको थिए रिसाइ अनि भनि लु परेन बाइ । उसले भनेको जस्तो भएन भने त रिसाउने बानिनै छ , मैले मेरो फोन नम्बर पठाईदिए र च्याटमा लेखे नम्बर लिएर मात्र राख्नु फोन नगर्नु है फेरी मैले तिम्रो नम्बर थाहा पाउछु । त्यो म्यासेज सेन्ड हुनुभन्दा पहिला एक मिसडकल उसले हानिसकेकी थिइ , नया नम्बर मैले उसको नामबाट सेभ गरिपनि हाले । उसले हाहा गफाडी भन्दै म्यासेज गरि अनि मैले म्यासेन्जरमा भिडियो कल गरे यो दोस्रो पटकको भिडियो कल थियो । एकछिन् बोलेर कटियो राम्रो सँग कुरा हुन पाएन सायद नेट कनेक्सन राम्रो नभएर होला च्याटमा उसले भनि गाडिमा छु पछि कुरा गरौला नि है अहिले जान्छु । मलाई पनि बाहिर काम थियो हुन्छ भने उ अफलाइन भइ अनि पनि अफ भए । फेरी त्यही नम्बर बाट मिसडकल आयो मलाई थाहा छ उसलेनै गरि भनेर खुशी थिए महिनौ पछि चाहेको कुरा भयो सँगै भएको साथीहरुलाई पनि भरखरै भएको हामी बिचको कुरा सुनाए ल बधाई छ अब अर्को काम पनि पुरा होस् भन्दै जिस्काउदै थिए । किनकी म उसलाई मन पराउथे यो कुरा साथीहरुलाई थाहा थियो।
काम सकेर साथीहरु सँग छुटे बसमा चढे बिभिन्न कुराहरु मनमा खेलिरहेको थियो ।  ५ बजे तिर घर आइपुगे मनमा कता कता खुशीको आभास भइरहेको थियो । के गरौ,कसो गरौझै भइरहेको थियो मोबाइल लिए अनि कल लिस्ट हेर,मोबोईलको वालामाउसको दुई मिस्डकल नया नम्बर , फोन गरौ या नगरौ मन दोमन भयो । फेरी सोचे एकचोटी फोन गर्छु, त्यो नम्बरमा किल्की गरे एकछिनमा फोन लागेको घन्टी बज्यो मनमा कता कता डरको घन्टी पनि बजेको थियो के भन्ने होला भनेर फोन रिसिभ भयो । हेलोे के भनौ भनौ भयो अनि भने हेलो  मिस्डकल आको रछ । मुस्कुराउदै भनि ए हो मैले हजुरलाईनै गरेको मलाई चिन्नु भएन ? चिने जस्तो लाग्यो अलिक कन्फीयुज भए तर म त चिन्छु भन्दै मेरो घर,जनगिर,पढाइ काठमान्डौको बसाइ अदि बोरे बिभिन्न कुरा भन्न थालिन , म सुनिरहे अनि फेरी भनि मलाई नचिनेकै हौ त ? एकपल्ट मैले उसलाई च्याटमा भनेको थिए कस्तो राम्रो छ है तिमीले राखेको मेरो नाम खडुस । उसले भनेकी थिइ मैले राखेको नाम पो हो त राम्रो त भइहाल्छ नि कि तिमीलाई मन परेन ? मैले जबाफमा मनपर्छ भनेको थिए। साथै म खडुस भए तिमी चै के भनेको थिए र उसले म तिम्रो चुडेल भनि त्यस दिनपछिका च्याटहरुमा केही कुरा चित्त नबुझेको खण्डमा म उसलाई चुडेल र उ मलाई खडुस भन्थी त्यही कुरा याद आयो र भने तिमी मेरो चुडेल त्यसपछि तिमी गफाडी खडुस भनि र कुराहरु एक एक गर्दै अगि बढ्यो ।
त्यो दिनबाट झन् हामी  एकअर्कामा नजिकिदै थियौ । कहिले उ फोन गर्थि ,कहिले म ।फेसबुकमा चाहि सधै उ पहिला बोलाउ थि । अनि म बोल्थे मेरे म्यासेज ढिला भयो भने बिजि भन्दै रिसाको स्टीकर पठाउथी अनि मेरो म्यासेज हेरेर पनि बोल्दीन थि । अनि गीत,कबिता पठाएर फकाउथे र भन्थी कहि नभएको खडुस । मैले आइ लब यु चुडेल भन्दा जबाफमा आइ लब टु खडुस भन्थी के गर्दै छौ भन्दा तिमीलाई सम्झीदै छु । यस्तै भन्थी म सँग जिस्की रहन्थी । तर म वास्तबमै चुडेललाई प्रेम गर्न थालिसेको थिए । मलाई उसको हर काम कुरा मन पथ्र्यो । सायद उनि पनि मलाई कता कता माया गर्थि । एकदिन अनलाइमानै थिए उनि पनि आइन र म्यासेज पहिला उसलेनै पठाइ र मैले रिप्लाइ दिए तर मेरो म्यासेजको रिप्लाई पठाएको पाँच मिनेट हुदा समेत आएन र मैले तिमी बिजि है म जान्छु भनेर अफलाइन भए हामी प्राय एकअर्को म्यासेज ढिलो भए यस्तै गर्ने गथ्र्यौ । तर मनले मानेन कुरा नगरि बस्न र ६,७ मिनेट पछि फेरी फेसबुकमा अनलाइन गए । आज हाम्रो टोली नगरकोटको जगलमा गएको नि अफिसबाट ल हेर फोटो भन्दै ५,६ वटा फोटो पठाइकी रहिछ । साथै मेरो बिजि प्रश्नको उत्तरपनि , म बिजी छैन झन्फोटो पठाउदै थिए उल्टै रिसाउछ , खुब रिस उठ्छ है आजकल तिमीलाई नेट स्लो थियो त के गर्नु ! जाउ जाउ नबोल रिसाउ सधै साथमा रिसाएको स्टीकर  । म्यासेज पढे म भन्दा डबल रिसाएर म्यासेज उसले जो गरिकि थिइ । त्यसपछि मेरो म्यासेजको रिप्लाई गर्दै गरिन कति पल्ट सरी भने मानिन फोन गर्न सम्भब थिएन किनकी उनि त्यो समय अफिसमै हुन्थी अफीसबाट एउटा तालिमा थिइन फोनमा कुरा गर्न शुक्रबारको १ बजे पछि शनिबारको ५ बजे सम्म मिल्थ्यो अरु बेला त त्यस्तै चान्स मिल्यो भने मात्र । फेरी म्यासेज गरे बल्ल बल्ल रिप्लाई गरि स्माइलको स्टीकर सहित खडुस भनेर ।
यहा सम्म आइपुग्दा पनि हाम्रो प्रत्यक्ष भेट भएको थिएन । मेरो बिहानको कलेज थियो दिउसो फ्रि तर उनि दिउसो अफिसमा हुन्थी त्यसैले पनि भेट हुन सकेन । शनिबार हामी दुबैको छुटि तर हाम्रो लागि त्यो एकदिनको समयमा पनि भेटने अवसरमा रुपान्तर भएन । तर उनि भन्दै थिइ मेरो तालिम सक्के पछि मेरो एक हप्ता छुटि हुन्छ त्यही बेला भेट्ने अनि म तिम्रोमा पनि आँउछु मैले हुन्छ भनेको थिए । कुराहरु पहिलेको झै निरन्तर भइरहन्थो । एकदिनको कुरा हो म काम बिशेषले चाबिहेल गएको थिए । काम सकेर म घर फर्किने तयारीमा थिए । त्यतिनै बेला मलाई उनि बौद्ध बस्छु भनेको याद आयो । संम्योग भनौ त्यो दिन शुक्रबार र समय पनि २ः४५ जति भएको थियो लगभग उसले हुन्छ भनि भने हाम्रो भेट् हुने निश्चित थियो । म त्यो समय सुकेधारा आइसकेको थिए । मैले फोन गरे फोन बिजि आयो एकछिन् पछि गरे लाग्यो फोन पनि उठ्यो र मैले भनि हाले तिम्रो स्कुल छुट्टि भयो ?उसको अफिस जुन स्कुल भन्दा कम थिएन हप्तामा एकदिन छुटि कि त कुनै चाडपर्बनै आउन पर्ने त्यसैले म सधै उसको अफिसलाई स्कुल भनेर जस्काउथे । उसले हाँस्दै भनि भयो ,के छ ? खबर कता छौ ? मैले भने म सुकेधारामा छु भन्दै मात्र अनि तिमी कहाँ छौ नि ? उसले भनि चक्रपथमा छु घर हिडेको । ए अनि तिमी मलाई भेट्दैनौ ? भेट्छु पछि तालिम सकेर तर मैले हुदैन भने भेट्ने भए आजनै भेट् नत्र पछि भेट्दिन भने तर पनि उ नभेट्ने आज भनेर जित गर्दै थि । तै पनि मेरो जिदलेनै जित्यो र उसले हुन्छ भन्दै चाबिहेलमा गएर बस त्यही भेटौ म १५,२० मिनेटमा आइपुग्छु  है ! मेलै हुन्छ भने र चाबिहेल तर्फ लागे ।
चाबिहेल चोक पुगे उसको पर्खाइमा बसे । त्यत्रो महिना बरु नभेट्दा केही भएको थिएन तर त्यो १५,२० मिनेटको समय मलाई धेरै बर्षझै भयो । कता कता डर र खुशी थियो मनमा , फोनको घन्टी बज्यो उसलेनै गरिकि रहिछ फोन उठाए भनि तिमी कता छौ ? म चोकैमा छु सान कलेज अगाडी अनि तिमी कता ? म अलि तल काष्ठमण्डब बैंङ्ग अगाडि छु यतै आउन । म त्यतै तिर लागे मैले उसलाई देखे उनि पिंङ्ग कलरको बुट्टा भएको हरियो कुर्ता र कालो सरवालमा म तिर हेर्दै एक मुस्कानमा सजिएकि थिई ।अफिसबाट निस्केको हुनाले उसले कुर्तासरवालमा आएको बताउदै थिई । त्यो पहिरनमा एकदमै राम्री देखिन्थी ।केही समयको कुरा पछि हामी होटल तर्फ लाग्यौ पानी पर्न लागेको थियो । होटभित्र छिरेको केही समय नबित्दै ठुलो पानी पर्यो । त्यो चिसो चिसो मौसममा पहिला चियाको न्यानोपन लिने र पछि खाजाखाने निर्णय गर्रौ । उसले भनि कलर धेरै चिनि कम मैले जिस्किदै भने चिनि बढि है आन्टी !पछि साच्चै चिनि बढि भएको चिया आयो र चिया ल्याउने आन्टी तर्फ हेर्दै उसले भनि झन् चिनि कम भनेको त ! मैले भने मिठो मान्छे चिनि बढि खान पर्छ क्या ! उसले मन्द मुस्कानको साथमा होला खुब भनि । बिभिन्न बिषयमा कुराहरु चलिरहेको थियो । मेरो पढाई ,उसको जागिर,तालिम हाम्रो घरपरिवार आदिको बिषयमा तर हाम्रो सम्बन्धको केही कुरा भएन कारण उनि सँगै एउटी अफिसको साथी थिई । हामी फोन र च्याटमा जिस्की रहन्थ्यौ उ भन्थी म तिमी सँगै बिहे गर्ने हो ? म हो मा हो मिलाउदै म पनि बिहे त तिमी सँगै गर्ने हो नि ! म राम्रो सँग पढेर जागिर खान्छु अनि है चुडेल । र उ भन्थी ओके छ त ! तर खडुस त्यतिबेला सम्मत म बुढि भइसक्छु अनि तिमी जवान किनकि हाम्रो उमेरमा ६,७ बर्षको अन्तर थियो र म भन्थे बुढि त भैहाल्छौ त्यहि पनि मेरो अरु कुरा त्यस्तै हो । म तिमीलाई माया गर्छुनि र हास्दै भन्थी गफडी खडुस बिहेको लागी कपडा म आफै छान्छु है ?म हुन्छ भन्दिन्थे  ।हाम्रो कुराहरु यस्तै हुन्थे तर पनि ठोस रुपमा हाम्रो सम्बन्ध साथीको हो या एक प्रेम जोडीको दोधारमा थिए म!लगभग डेड घन्टा जति भैसकेको थियो हामी सँगसँगै भएको पानी पर्न बिस्तरै कम हुदै थियो ।मैले छुटिने निणर्य गरे साच्चै जाने र भनेर जिस्कदै थिइ । एकछिन बसन भनेर अनुरोध गरि मैले नकार्न सकिन। अनि भनि अब एक हप्तामा तालिम सकिन्छ अनि म तिम्रोमा घुम्न आउछु है । कि हुदैन? तिमी आउने अनि मैले नाइ भन्ने त्यो हुन सक्छ र ? त्यस्तो है खडुस । हो त चुडेल केही समयपछि म घर जाने कुरा बताए , उसले जिस्कदै भनि जानेनै हो त यतै बस्छौकी भनेको जबाफमा मैले कुनैदिन । उसको साथीलाई होटलमै छाडेर मलाई चोक सम्म छाड्न आइ हामीले बाटोमा सेलफी पनि लियौ । हामी बिच केही सामन्य कुराहरु भए जे जस्तो भएपनि छुटिनुनै थियो । बाइ भन्दै म बस चढ्न तर्फ लागे उनि पनि साथी भएतिर लागि ।
घर आइपुगे खुशीको आभास भइरहेको थियो । साझतिर उसले फोन गरि र भनि घर पुग्यौ ? अँ पुगे तिमी नि ?घर पुगे भनेर कल गर्नु पर्दैन है तिमीलाई ! म पनि पुगिसके । तिमीले गर्छौ कि भनेर नि । होला खुब ल ल राम्रो सँग बस फोन राख्दिन्छु ल ? हुन्छ अनि अनलाइ आउदैनौ ? थाकेको छु यार एकहप्ताको निन्द्र छ , म त भोली १२ बजे सम्म सुत्छु फेरी ५ बजे अफि छिरिसक्नु पर्छ  नत्र सजाए पाउछु के तमीलाई तिम्रो चुडेलले सजाए पाको हेर्न चाहान्छौ ? हाहा त्यस्तो त होइन ल ल रेष्ट गर बाइ चुडेल ..बाइ खडुस ।।मोबाइल चार्जमा छाडेर बेलुकाको खाना खान गए । खाना खाएर आउदा मोबाइलमा २ मिस्डकल र एक म्यासेज आको रहेछ जुन नया नम्बर थियो । म्यासेजमा के छ ?खबर भन्दै तिमी यो मान्छे हौ भनेर आको रहेछ, म्यासेज र मिस्डकल एउटै नम्बरको थियो । मैले त्यो म्यासेज र मिस्डकलको रेसपोन्स गरिन फेरी म्यासेज आयो बधाइ छ नया गलफ्रेन्ड बनाको रहेछौ आजबाट तिमीले मेरो बिश्वास तोडेउ । मैले जे पाए त्यही भन्ने होइन को हो तपाई भनेर म्यासेज गरे । जबाफमा सोझो कुरा पचेन जस्तो छ , हो कि होइन न्यू जि.एफ बनाको ?म को हो भोली कल गरेर भन्छु । मलाई रिस उठ्यो त्यो नम्बरमा फोन गरे तर उठेन फेरी म्यासेज आयो फोन नगर म्यासेजमा भन हो कि होइन ? के हावा कुरा के को न्यू जि.एफ थाहा छैन् मलाई भए आफै प्रुभ गरेर देखाउनु । फेरी फोन गरै ४,५ चोटि गर्दा बल्ल बल्ल उठयो मैले को हो तपाई यो सब म्यासेज के हो ? त्यस्तै लागेर भनेको हो। तर यो बिषयमा म भोली फोन गर्छु र भोलीनै कुरा गर्छु म को हो त्यही बेला भन्छु भनेर फोन काटिदियो । यस्तो भनेर म्यासेज गर्ने फोनमा रिसाएर बोल्ने को होला भनेर दिमागमा खेल्यो । त्यो मोबाईल नम्बर देखि लिएर त्यो आवाज सम्म पनि मेरो लागि नया थियो । दिउसोको कुरा सम्झे आज मैले उसलाई भेटेको थिए शंका लाग्यो सायद उसको प्रेमी होला तर कन्फम थिइन त्यसैले फोन नम्बर कस्को भनेर कसरी पत्ता लगाउने ! सोचे ठयक्कै सम्झे मेरो भाउजुलाई थाहा छ किनकी उसको प्रेमीलाई उहा राम्रो सँग चिन्नु हुन्थो र मित भनेर सम्बोधन गर्नु हुन्थ्यो । फेसबुक खोले भाबि पनि अनलाइन देखे र म्यासेज गरिहाले भाबि यो नम्बर कस्को हो ? मलाई यस्तो म्यासेज आको छ । साथै मोबाइलमा आको सब म्यासेज स्क्रिन सट गरेर पठाए । भाबिले हाहा देवर जी यो त मितको नम्बर हो नि । मैले भाबिलाई प्राय हामी बिचको सबै कुरा भन्छु यो कुरा पनि भन्न भ्याइसकेको थियो दिउसो हामीले खिचेको फोटो सहित मैले भाबिलाई म्यासेज गरेको थिए ।त्यसैले उहा माथिनै शंका लाग्यो तर फेरी उहाले त्यस्तो पनि नगर्नु पर्ने हो । किनकि मलाईनै उहाले भन्नु सब कुरा भन्नु भएको थियो । उहाको मित र चुडेलको सम्बन्ध पहिलाको जस्तो राम्रो छैन छुटेकोनै भन्दा पनि हुन्छ । त्यसेले प्रपोज गरेर रिलेसनसिपमा बसेपनि हुन्छ भन्नु भएको थियो । त्यहा बाटनै म झन् नजिकिएको थिए बस् मेरो उ प्रतिका कुराहरु राम्रो सँग भन्ने मौका पाएको थिइन तर आधाआधी त भनिसकेको थिए नि कि म उसलाई मन पराउछु र माया गर्छु । यो सब भाबिलाई थाहा थियो प्राय हामी बिच्को च्याट पनि भाबिलाई पठाउथे । उहा सधै भन्नु हुन्थ्यो तिमीलाई जे ठिक लाग्छ त्यहि गर मैले पनि हुन्छ भनेको थिए । मनले मानेन सोधे भाबि हामी भेटेको हजुरले भन्नु भएको थियो र ? फेरी अरुकसैलाई थाहा थिएन त मैले त झन् हजुरलाई बाहेक कसेलाई पनि भनेको छैन् । कसरी थाहा भएछ भेटेको कुरा त छदै छ मेरो फोन नम्बर पनि ! भाबिले मलाई त्यही समय फोन गर्नु भो र भन्नु भो धेरै भो मितसँग कुरानै भएको छैन् कसरी भन्नु कसम मैले त भनेको छैन् । मलाई पनि अच्म्म लागेको छ मितले यति धेरै कियर गर्नु हुदो रहेछ । केही छैन नडराउ भोलि फोनमा कुरा गरन के भन्नु हुदो रछ । हुन्छ भाबि अरु सामान्य कुरा गरेर फोन राख्नु भो मनमा कतोहल्ता थियो उसको प्रेमीलाई यो सब कसरी थाहा भयो । उ पनि अनलाइन आइ सधाझै कुरा भयो तर मेरो मनमा अनेकौ प्रश्नहरुको ओइरो लागेको थियो तर उसलाई सोध्नु उचित्त लागेन । कतै भर्खरै उम्रन लागेको मायाको बिरुवा भाचिने त होइन भनेर रात छिपिदै थियो र म भोलिको प्रतिक्षमा थिए ।
नभन्दै भोलि पल्ट त्यहि नम्बरबाट फोन आयो । मैले फोन उठाए फोन गर्ने ब्यक्ति उहि मेरो चुडेलको प्रेमी थियो । तिमीहरुको सम्बन्ध के हो ? म्यासेज पनि खतरा हुदो रहेछ नढाटी भन लभ परेछ हो ? मन त थियो हो भन्नलाई तर होइन त्यस्तो भने , नत्र त्यो सब के हो ? म्यासेजमा मलाई त्यस्तो मन पर्दैन भन्देछु आफै कुरा बुझ । मेरो ५,६ बर्ष देखिको लभ हो म उसलाई बाहेक कसैलाई माया गर्दिन । मेरो जिन्दगी हो उ ,यदि उसले माया नगरे पनि म सधैभरि गर्ने छु अरु यस्तै डाइलग भन्दै थियो । मेरो कानले सुन्यो तर मेरो दिमागले याद गरेन । मैले भने हजुरहरुको त ब्रेक अप भइसकेको होइन र ? होइन पहिला त्यस्तै भएको थियो तर आजभोलि ठिक भइसक्यो । तिमी कहा बस्छौ ? मलाई समय भए भेट म भेटेर कुरा गर्छु तर म समय भएपनि भेट्न चाहान्थे र भने पछि भेट्छु आजकाल अलिक ब्यस्त छु भने र उसको प्रेमीले हुन्छ भन्यो । एउटा कुरा सोध्न मन थियो ? हुन्छ भनन । हामी भेटेको कस्ले भन्यो अनि मेरो फोन नम्बर कहाबाट पाउनु भो ? काठमान्डौ आएको १ महिना भयो । उ र उसको भाई सँग म उन्कै कोठामा बस्छु  । तिमीलाई थाहा थिएन र ? प्राय म उसको भाई मात्रै हुन्छौ । उ हप्तामा एकपल्ट घर आउछे मलाई उसलेनै भनेकी हो तिमीहरु भेटेको कुरा अरु केही भनिन , तिमीहरुको म्यासेज र कल हुन्छ भन्ने अलिअलि  थाहा थियो । आजउ बाहिर गएकि बेला उसको मोबाइल चलाउने अबसर मिल्यो। मोबाइलमा लक थियो धन्न भाईलाई मोबाइल लक कोड थाहा रहेछ र खोले अनि मैले मोबाइल,फेसबुकमा म्यासेज हेरे अतिनै लाग्यो अनि कन्ट्याक लिस्ट हेरे नयाँ नाम देखे तिम्रो नम्बर जस्तो लाग्यो अनि म्यासेज गरे तिमी हो होइनौ भनेर तर तिमीले रिप्लाई दिएनौ अनि कल गरे फोन पनि उठेनयति हो कुरा बुझ है । अनि मैले फोन गरेको कुरा उसलाई नभन म सित रिसाउछे त्यसैपनि आजकल झगडा भइरहन्छ ।बिन्ती हाम्रो बिचमा आउने प्रयास नगर है ! के भन्नु मनमा पिडा भयो त्यहि पनि हुन्छ भने ।।
तनाब उत्पन्न भयो टहटह लागेको जूनलाई बादलले छेकेको झै भयो । उसलाई मैले एकदुई पल्ट सोधेको पनि थिए तिम्रो ब्वाइफ्रेन्ड छ ?  छ त तिमी त हौ नि खडुस । हो र ! अरु पनि छ कि चुडेल भन्दा उ  यस्तो कुरा नगरन भन्थी । मलाई कल गर्ने प्रेमीको बारेमा मलाई भाबिले भनिसक्नु भएको थियो । उनिहरु बिचको सम्बन्ध राम्रो छैन भनेर उसको हर क्रियकलापले पनि त्यो प्रेमीको बेवमस्ता गरेको प्रष्ट देखिन्थ्यो तर आजकल सँगै बस्छन् यो कुरा थाहा थिएन । उ धेरैजसो कुरा भन्थी तरयो कुरा कहिले भनिन तर किन ? उसको मनमा के छ थाहा पाउन कसरी सक्थे र ! आजसम्म मान्छेको मनमा लुकेको कुरा थाहा पाउने यान्त्र बनेको थिएन । यदि बनेको भए म त्यसको प्रयोग उसैमा गर्थे उसको मनमा के चलिरहेछ , म प्रति र उसको त्यो प्रेमी प्रति ।  मेरो प्रेम यतिकै त जाने होइन  तर म साच्चै उसलाई माया गर्न थालेको थिए मलाई गर्न ब्यबहार,त्यो मन्दमन्द मुस्कान,कोइलिको झै सुमधुर आवाज, त्यो लामो कपाल मिलेको जिउडाल साच्चै उ एक्दमै राम्री थिइ । साथीहरु हाम्रो जोडी प्रफेक्ट छ भन्दथे । उ मेरी सपनाकी राजकुमारी सायद अब सपनामै सिमित हुदै थिइ । ति दिन पश्चात पनि हाम्रो पहिलाका दिनहरुमा झै कुराहरु भए झन् नजिकिदै । उसको प्रेमीले भनेको कुराहरु घरिघरि सम्झन्थे तर पनि मायाप्रेममा चाहेको जस्तो हुन्न यसमा न्याय मिल्दैन एउटा हाँसे अर्के रुुनुनै पर्छ । यो काहानिले पनि यस्तै मोड लिदै थियो । म र उ हाँसे उसको त्यो पहिलाको प्रेमी रुनु पथ्र्यो अनि उ र त्यहि प्रेमी हाँसे त्यो बिछोडको पिडामा म रुनु पर्दथ्यो । मेरो मनमा कता कता डर थियो कतै उसलाई त गुमाउने त होइन । तालिम सकिन मात्रै २,३ दिन त बाकि थियो । त्यसैले सोचे भेटेर सब कुराहरु किल्यर रुपमा गर्छु । ति दिन पनि बिते कुराहरु भइरह बुधबार उसको तालिम सकियोे र लगभग आइतबार भेट्ने कुरा हल्का भयो । शुक्रबारको दिनको कुरा हो म त्यो दिन अनलाइननै गएको थिइन टिभि हेर्दै थिए । उसको फोन आयो फोन उठाउन साथ कता गएब छौ अनलाइन आउन । आउदिनमन छैन् , किन ?अरु सँग बोल्न मन लाग्दैन तिमी लेट रिप्लाई दिन्छौ । हेर गफाडी जतिबेला पनि उ आफै अनलाइन बस्छौ अनि ल छिटो आउ म तिमी सँग मात्र बोल्छु हस् । ल हुन्छ ।अनलाइन जान साथ हाइ भनेर म्यासेज आयो मैले पनि फर्काए अनि कुराहरु अगि बढ्दै गयो अचानक उ अफलाइन भइ फोन गरे बिजि आयो । उनि फेरी अनलाइन आइ र भनि बच्चा बेलाको साथीले कल गरेको थिइ त्यसैले अफ भको नरिसाउ है । उ बिहे गरेर पाल्पा पुगेको छ क्या । ए हो अनि तिमीचै बिहे पश्चात कता जानि नि ? म त तिम्रो घरमा होला नि हिहि । ए हो त है हाहा ।।यस्तै कुरा गर्दागर्दै उ फेरी अफलाइन भइ सधै जान्छु है भनेर जाने मान्छे सोचे नेट प्रबल्म भयो होला तर उ आउदै आइन उसलाई फोन लगाए फोन अफ आयो । सोचे चार्ज सकियो होला अनि म पनि अफ भए । बेलुका पनि अनलाइन आइन फोन पनि अफनै थियो । भोली पल्ट पनि अनलाइन आइन अझै फोन अफनै थियो । अब मनमा कता कता डर लाग्यो कतै उसलाई केही त भएन त्यो दिनपनि त्यसै बित्यो भोलि पल्ट आइतबारको दिन हामी भेट्ने कुरा थियो । तर बिहान देखि अनलाइन हेरे देखापरिन फोन पनि लागेन दिमागले केही सोच्न सकेन कसलाई सोधु के भनेर सोधु बिकल्प देखिन । उसको प्रेमी भनौदोलाई फोन गर्ने निणर्य गरे । उसको प्रेमीलाई फोन लाग्यो र फोन रिसिभपनि भयो सामान्यग गफगाफ पछि मैले उ खै ? भनेर सोधे , किन ? यतिकै भन्नु कहा छ । अफिस गएको छ केही काम छ भने भन म भनिन्छिु ।  ए केही छैन् यतिकै सोधेको ल राख्दिनछु है पछि फोन गर्छु ।  त्यो दिनपनि बेलुका सम्म अनलाइन देखिन फोन समेत लागेन । भोलि पल्ट सोमबारको दिन बिहान ८ बजेतिर अनलाइन गए उ १५ मिनेट अगाडि अफलाइन भएकि रहिछे । मलाई हाई खडुस भनेर म्यासेज छोडेकि रहिछ । मैले फेसबुक बन्द गरेर उसलाई कल गरे फोन लाग्यो । फोन उठ्न साथ भने के हो तिम्रो पारा जान्छु पनि नभनि अफलाइन हरायौ त २,३ दिन भइक्यो न कल , न म्यासेज कस्तो छौ है चुडेल  । त्यस्तै भयो के खडुस नरिसाउन, म राम्री छैन् र ? तिमी मेरो त्यस्तो ख्याल गर्छौ है खडुस ! त्यस्तो होइन राम्री छौ । सधाझै बोलीकी थिइन मन्द,मन्द मुस्कानको साथमा तर फरक यति थियो । पहिले पहिले भन्दा आज केही बोल्न अड मानेझै गर्दै थिइ । केही समयको गफगाफ पछि उसले भनिकी थिइ,सुनन म अफिस जानु छ ढिला हुन्छ पछि कुरा गर्छु है । मैले हुन्छ भनेर फोनबाट हामी छुटेका थियौ ।हामी फोनमा लगभग १०,११  मिनेट बोलको थियौ । उसले अरु कुराहरु गरि तर बिहेको त नाम समेत लिइन सायद उसलाई भन्न गाह्रो परेर हो कि ।
मलाईनै कतै हावाले उडाएको झै भयो । अक्सिजन नपाएर श्वासप्रश्वास प्रणलीनै रोकिए झै मुख सुख्खा भयो । आँशु आखामा कतिबेल झरुझै गर्दै थिए । तर रुन सकिन कतै भाबिले थाहा पाउने डर थियो । ए हो बाहेकअरु केही भन्न सकिन । सायद मेरो आवाज फेरिए छ क्या हो भाबीले भन्नु भो के भो मन दुख्यो ? अलिकति हासेको स्वरमा भने त्यस्तो होइन भाबी । मलाई थाहा छ देवर जी मनमा के चलिराछ , यो खबरले म निशब्दनै भएको थिए । किनकी म पनि उसलाई प्रेम गर्ने लागेको थिए । यो कुरा भाबीलाई केही दिन पहिले भनेको थिए । छाडिदेउ अब चिन्त्ता नगर जे हुन भइसक्यो । तिमीलाई त बरु के भो र ! उता ५,६ बर्षको प्रेम सम्बन्ध छुटेको छ , मित रुएर धुन्दान गर्दै हुनुहुन्छ । मर्छु भन्दै हुनुहुन्छ । सम्झउदा सम्झउदा थाकिसके । कस्तो मान्छे रहेछ उता बिचरा मितको हालत खराब छ । ए हो र ! भाबी तर होस् अब जे हुनु भइसक्यो सम्झउनुन । त्यो भन्दा के भनु म आफै दुखी छु ।उम सम्झाउदै छु के गर्नु उसले त्यस्तो गरिहाल्यो । उसको प्रेमी सँगत्यत्रो बर्ष प्रेम सम्बन्ध भयो सँगसँगै बसेपनि उसलाई त छाडेर अरुसित गई म त के हो र ! हो म सँग राम्रो सँग बोलेको महिना बित्यो ।बर्ष बितेको थिएन तर पनि मलाई चुडेलको असाध्धै माया लाग्छ । छोटो समयमा यसरी उ सँग यति नजिकिएको थिए । सायद यसरी आज मन दुखाउन रहेछ । उसको लागि मेरो आँखाबाट आँशु बग्यो दिल बेचैन भयो । सोचे उसका प्रेमीको हालत झन् के भयो होला म सँग बोल्दैमा त त्यस्तो अबस्था थियो । मेरो कुरा बुझिदेउ प्लिज , म उ बिना बाँच्च त के एकपल सोच्च सक्दिन जे जस्तो भएपनि उ मात्रै हो अब मेरो तिमी त्यसरी नबोल उसको नजिक नहौ बिन्ती बिचरा यस्तै भन्दै थियो । अब त झन् अरुसँगनै जिन्दगी बिताउन गई । उसलाई नितान्त सधैको लागि एक्लो छाडेर । खैर जुन चिज पाइदैन त्यसमानै मोह बढि हुदो रहेछ ।  म सँग शब्द केही थिएन त्यसैले भाबीलाइई पछि कुरा गर्छु भने ।  हुन्छ चिन्ता नलेउ अब उसको खुशी उतै रछ भने के गर्नु । त्यो पनि हो भाबी हुन्छ बाइ भाबी ,ख्याल गर्नु आफनो ल बाइ देवर जी ।।
यो खबर अचानक सुन्दा म के गरु र कसो गरुमा परेको थिए । बिश्वास पटक्क्ै लागेको थिएन फेरी म सँग भाबीले झुट बोल्नु हुन्न ।  भाबी सँग कुरा गर्नु भन्दा पहिला उ सँगनै  त फोनमा बोलेको थिए । मलाई उसले किन ? भनिन  भनेको भा के नै हुन्थ्यो र ! अखिर जे नहुनु भै सकेको थियो । मन दुखेपनि मुस्कुराएरनै बधाई छ चुडेल त भन्थे नि । तर त्यो आज सम्म हुन सकेन उसले बिहे गरेको कुरा मैले सुनेको हप्तौ भयो तर मैले बिहे नि गरे खडुस भनेर आज सम्म पनि भनेकि छैन् । म सँग च्याटमा त्यसरीनै बोल्छे घरि भाइबर त , घरि म्यासेन्जरमा म्यासेज गरिरहेकि हुन्छे । म सोध्न चाहान्छु तिमीले बिहे गरेको हौ त चुडेल ?तर सक्दिन धेरै पल्ट कोसिस गरे । मैले भन्थे एउटा कुरा भन्छु है र उ भन्थी म गेस गरु आइ लभ यू होइन त ! मन थियो होइन त्यो कुरा भन्न तर हो नै भनिदिन्थे । र भन्थे मलाई कस्तो कस्तो फिल भइरहेको छ ! उ हतारमा भन्थी के भयो ? म छु त । खै ?के भो भो! तिमी छौ तर खै कता कता प्रतिउत्तरमा भन्थी म तिम्रै नजिक छु मलाई महशुस गरन खडुस । तिमी त सधै मेरो नजिकनै छौ तर महशसु कसरी गरु तिमी अर्काको भइसकेउ भन्न मन छ तर भन्न सक्दिन । यो खबर पाएपछि मैले आज सम्म फोन गर्ने प्रयास गरिन र उसले पनि फोन गरेकि छैन् तर फेसबुक र भाइबरमा म्यासेज भइरहन्छ अफिसमा बिजि भएको बताउछे तर कहिले भन्दीन त्यो बिहेको कुरा । सोध्न मन छ मैले सुनेको कुरा झुट हो वा साचो हो भनेर ? अनि सोध्न मन छ के तिमीले मलाई प्रेम गर्दैन थियौ ? मैले तिमीलाई एक प्रेमीकाको रुपमा हेर्नु मेरो भ्रम थियो ?यदि गर्दैन थियौ भने किन यसरी नजिक भयौ ? के अर्थमा म सँग बिहेको कुरा गर्दथौ ? के ति सब कुराहरु शब्दमा मात्रै सिमित थिए ?ठिक छ यदि म तिम्रा ति कुराहरु बाट भ्रममा थिए भने के तिमी तिम्रो त्यो पगल प्रेमीलाई माया नै गर्दैन थियौ ?केही महिनाबाट सँगै बसेको पनि रहेछौ ,जो सँग तिमी ५,६ बर्ष देखि रिलेसनसिपमा थियौ ।जो तिम्रो अघिपछि घुम्दै हर कुरामा केयर गर्दथ्यो । किन तिमीले उसलाई छोडेउ? जिन्दगी बिताउने सपना देख्दै जो तिम्रो लागि घरपरिवार नभनि तिमी सँग बसेको थियो । किन मन फेरेउ हँ ? के बाध्यता पर्याे तिमीलाई ? किन यस्तौ गरेउ चुडेल ! के तिमीलाई एक रत्ति माया लागेन ? यस्तै धेरै कुराहरु सोध्न मन छ । तर सक्दिन ।कहिलेकाहि लाग्छ त्यो उसको बिहेको  खबर झुटो त होइन ! कहिले लाग्छ उ र मलाई टाढा बनाउन यो कुनै एक बाहाना मात्र हो कि ! फेरी बिबहा जस्तो कुरामा झुट नहुनु पर्ने हो । मनमा आजकल यिनै कुराहरुको द्धोन्द चलिरहन्छ । सत्य के हो उनिहरुलाई नै थाहा छ मैले त फोनमा सुनेको मात्र छु जो देखेको छैन् । उ अरु सँगनै भागेको कुरामा मलाई बिश्वास अझै लाग्दैन । अरुलाई सोध्न सक्दिनत्यसै कारण पनि उसको प्रेमीलाई पटक पटक सोधे जबाफमा भागेकै हो आयो अनि अब म मर्छु भन्दै थियो । मैले त्यस्तो गर्नु हुन्न भनेर सम्झाएयदि त्यो कुरा साचो हो भने मलाई भन्दा बढि पिडा उसलाई छ । जीबन बिताउछु भन्ने मान्छे अर्को सँग गयो तर पनि मान्छेलाई अरुको जतिसुकै ठुलो पिडा भए पनि आफै ठुलो लाग्दो रहेछ ।
खडुस मैले त बिहे गरेनी । हो म यो दिनको प्रतिक्षमा छु । जुन शब्द म उसैको मुखबाट सुन्न चाहान्छु र भन्न चाहान्छु बधाई छ चुडेल तिम्रो नया जीबनको तर सायद उ कहिल्यै भन्न सक्दिन र म पनि कहिल्यै सोध्न सक्दिन त्यो प्रश्न  ।

३ असार २०७३, शुक्रवार १५:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु