१८ बर्षकी बिनाको दुवै मृगौला फेल, आर्थिक सहयोगको अपिल
खोटाङ्ग । खोटाङ्ग खार्पा २ की बिना श्रेष्ठको दुवै मृगौला काम नलाग्ने भएको छ । मृगौला प्रत्यारोपन गर्न परिवारको आर्थिक हैसियत नभएपछि उनले सहयोगको अपिल गरेकि छिन । कक्षा १० मा अध्यनरत १८ बर्षकी बिनाको मृगौला प्रत्यारोपनका लागि ८ देखि ९ लाख सम्म खर्च हुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अहिले हप्तामा २ पटक डाइलोसिस गराउनु परिरहेको बिनाकी दाजु शुजन श्रेष्ठले जानकारी दिए ।
सहयोगका लागि दाजु शुजन श्रेष्ठको सम्पक नम्बर ९७४१५१५२९८ र ९८११७७६१२८ रहेको छ ।
२१ जेठ २०७३, शुक्रवार १०:०५ बजे प्रकाशित