प्रधानमन्त्री ओलीका दुई सन्देश : बामदेव तत्काल सांसद हुन्नन्, मन्त्री पनि फेरिन्न !

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा संदेश दिएका छन् ।

एउटा– राष्ट्रिय सभामा रिक्त एउटा सिटमा प्रक्रिया अनुसार नाम सिफरिस हुन्छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौत्तमको नाम फिरिस गर्ने अपेक्षा थियो।

तर, प्रधानमन्त्री ओलीले प्रक्रिया अनुसार हुने भनेर मन्त्रीहरुलाई सोही जवाफ बाहिर दिन अहराएका छन् ।

बामदेवलाई राष्ट्रियसभा मनोनयन गर्ने एजेण्डा नै गएन मन्त्रिपरिषद्मा

अर्थात, प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक गौतमको सिफारिस नगरी समापन गरे ।

गौतमलाई राष्ट्रियसभा मनोनयन गर्नका लागि मन्त्रिपरिषद् बैठकले सिफारिस नगरेको एक मन्त्रीले जानकारी दिए । अर्को बस्ने मन्त्रिपरिषद्ले सिफारिस गर्न सक्ने ती मन्त्रीको भनाइ छ।

अर्को बैठक कहिले बस्छ ? भन्ने तय भइसकेको छैन् ।

गौतमलाई यस अघि फागुन १४ गते बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो। त्यो बेला प्रधानमन्त्री केपी ओलीले आफूले नमान्ने जवाफ दिएका थिए।

बिहीबारको सचिवालय बैठकमा ओलीले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयमा सहमति जनाएका थिए। तर, शुक्रबार बसेको मन्त्रिपरिाष्द बैठकबाट सिफारिस गर्ने निर्णय गराएनन् ।

गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भए पनि राष्ट्रियसभामा लग्ने नेकपाले निर्णय गरिसकेको छ।

दोस्रो– प्रधानमन्त्रीले मन्त्रीहरुलाई भनेका छन्, मन्त्रिपरिषद् पुनर्गठन हुन्न, ढुक्कले काम गर्नुस् ।

पछिल्लो समय मन्त्री हेरफेरको चर्चा छ । मन्त्री हुन पाइएला कि भनेर केही सांसदहरु सरकारको आलोचना गर्न डराइरहेका छन् । मन्त्रीहरु पनि कुन बेला मन्त्री पद जाने हो भन्नेमा छन् ।

तर, प्रधानमन्त्री ओलीले प्रष्ट शब्दमा तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने भनेका छन् । मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको ओलीले बताएका छन ।

नेकपा विवाद: युवराज खतिवडालाई विस्थापित गरेका वामदेव गौतम नयाँ अर्थमन्त्री कि ! विष्णु पौडेल

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन । ढुक्कसँग आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुस् ।’

तर, सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको छ । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको छ ।

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफैँ सम्हाल्ने

१९ भदौ २०७७, शुक्रवार २१:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु