शुक्रबार विदेशबाट फर्किए ६५१ नेपाली

शुक्रबार विदेशबाट ६५१ जना नेपाली घर फर्किएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार आज हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५६ जना नेपालीलाई काठमाडौं ल्याएको छ ।

शुक्रबार कोरियन एयरले सिओलबाट १९८ जनालाई ल्याएर काठमाडौं आएको छ । यो जहाज र्फकदा ४ जना गएका छन् ।

हिमालय एयरलाइन्सको जहाजले दोहाबाट १४५ जनालाई घर फर्काएको छ । फ्लाई दुबईले दुबईबाट १५२ जनालाई नेपाल ल्याएको छ ।

आज दोहाबाट कार्गो उडानमा कतार एयरवेज आएको छ । यो जहाजमा २ वटा शवसमेत ल्याइएको छ ।

आज नेपाल एयरलाइन्सले हङकङबाट कार्गो उडान गरेको छ । आज राति हिमालयको जहाज अबुधावी जानेछ । यो जहाज शनिबार काठमाडौं फिर्ता हुनेछ ।

शनिबार कुल ९ उडान(अवतरण हुने गरी तालिका तय भएको छ । शुक्रबार आन्तरिकतर्फ बुटवलबाट कैलाश हेलीले ४ जनालाई काठमाडौं ल्याएको छ ।

सिता एयरले काठमाडौंबाट १४ यात्रुलाई सिमिकोट लगेको छ ।

मनाङ एक यात्रु बोकेर खोटाङ उडेको छ । कैलासले ५ यात्रुसहित मुस्ताङ र मनाङ एयरको हेली ४ यात्रसहित लुक्ला उडेका छन् ।

१९ भदौ २०७७, शुक्रवार २०:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु