एमबीबीएसको परीक्षा असोज १५ बाट

चिकित्सा शास्त्र अध्ययन संस्थानले एसबीबीएस तहको परीक्षा तालिका सार्वजनिक गरेको छ।

डीनको कार्यालयले असोज १५ गतेदेखि एसबीबीएस र बीडीएसका विभिन्न वर्षका परीक्षा हुन लागेको जनाएको छ।

यसअघि साउन १९ गते प्रकाशित सूचना अनुसार रोकिएका परीक्षा तथा नियमित परीक्षा असोज १५ गतेबाट गर्नेगरी परीक्षा तालिका सार्वजनिक भएको हो।

एसबीबीएस र बीडीएस दोस्रो वर्षको नियमित तथा पुनः परीक्षा असोज १९ गतेदेखि हुनेछ। परीक्षा केन्द्र भने अर्को सूचनामा प्रकाशित गरिने डीनको कार्यालयले जनाएको छ।

सैद्धान्तिक परीक्षा बिहान १० बजेबाट र प्रयोगात्मक परीक्षा बिहान ९ बजेदेखि सुरु हुनेछ।

त्यस्तै एमबीबीएस तेस्रो र चौथो तथा बीडीएस तेस्रो वर्षको परीक्षा असोज १५ गतेबाट हुनेछ।

विद्यार्थीहरूलाई असोज ११ गतेभित्र सम्बन्धित कलेजमा सम्पर्क गर्न भनिएको छ।

१९ भदौ २०७७, शुक्रवार २०:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु