नेपाल कमर्स क्याम्पस अखिल क्रान्तिकारीको संयोजकमा जैसी

नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाउन निर्देशन

अनेरास्ववियु (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पस समितिको संयोजकको जिम्मेवारी काशी राम जैशीले पाएका छन् ।
हाल अध्यक्ष पद रिक्त रहेको छ । अध्यक्ष पद रिक्त रहेको अवस्थामा संगठनको निरन्तरता र गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले जैशीलाई संयोजकको जिम्मेवारी दिइएको हो ।

संगठनको नीति, सिद्धान्त र कार्यक्रमअनुसार सम्पूर्ण गतिविधि सञ्चालन, समन्वय तथा आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने पूर्ण अधिकार संयोजकलाई दिइएको छ ।

साथै, संगठनलाई विधिसम्मत ढंगले पुनर्संरचना तथा सुदृढीकरण गर्न क्याम्पस सम्मेलन आयोजना गरी नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइएको छ ।

१३ फागुन २०८२, बुधवार १३:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु