दार्जिलिङमा होटल, रेस्टुराँहरु खुल्ने
भोलिदेखि दार्जिलिङ र कालेबुङमा होटल र रेस्टुराँहरू खोलिने भएका छन्। सामाजिक दूरीको नियम र हेल्थ हाइजिन प्रोटोकल्सलाई पालन गरी होटल र रेस्टुराँहरू खोल्न सक्ने जिल्ला प्रशासनले अनुमति दिएको छ।
होटल र रेस्टुराँहरू खोलिएपछि अब दार्जिलिङमा पर्यटकहरूको आगमन पनि शुरु हुने स्पष्ट छ। कोरोना महामारीका कारण दार्जिलिङ पहाड़को होटल र पर्यटन व्यवसाय पछिल्लो करिब सात महिनादेखि ठप्प छ।
यसैबीच, दार्जिलिङको क्षेत्रीय व्यवस्था गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन ९जिटिए०(ले आफ्नो अधीनमा रहेका पर्यटन केन्द्रहरूलाई भोलिदेखि नै खुल्ला राख्ने बताएको छ।
२२ भदौ २०७७, सोमवार १८:३६ बजे प्रकाशित





