कुलमानलाई दोहोर्याउने मन्त्रिस्तरिय निर्णय

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिने मन्त्रीस्तरिय निर्णय भएको छ । विभागीय मन्त्री उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिने प्रस्ताव तयार पारेका छन् ।
मन्त्रीस्तरिय निर्णयबाट तयार उक्त प्रस्तावमाथि अब बस्ने मन्त्रिपरिषदको बैठकमा छलफल हुनेछ ।
यही भदौ २९ गतेबाट घिसिङको कार्यकाल सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली पनि उनलाई निरन्तरता दिन सकारात्मक देखिएका जनाइएको छ ।
स्रोतकाअनुसार उर्जामन्त्री पुनले यसअघि घिसिङको बारेमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि परामर्श गरेका थिए।
दाहाल त सुरुदेखि नै घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने पक्षमा छन् ।
पुनले पनि दाहालकै निर्देशनबमोजिम घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार पारेका हुन् ।
२२ भदौ २०७७, सोमवार १८:१९ बजे प्रकाशित