एमसीसी पारित गराउन प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली एउटै कित्तामा उभिने
एमसीसी अघि बढाईए राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिने
काठमाडौं, १४ साउन । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको विषयमा सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुबीच नै मतभेद छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेकै अवस्थामा एमसीसी संसद्बाट पारित हुन नसक्ने बताईसकेका छन् । तर, परिमार्जनसहित यसलाई अघि बढाउनको लागि आफ्नो दल सधैं तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई रहँदै आएको छ ।
गठबन्धनमा आवद्ध अर्को दल राष्ट्रिय जनमोर्चाले पनि एमसीसी अघि बढाए गठबन्धनबाट बाहिरिने चेतावनी दिईसकेको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनको बालुवाटारमा बसेको बैठकमा एमसीसी संसद्बाट पारित गर्नेगरि अघि बढाईए आफूहरुलाई मान्य नहुने चेतावनी दिए । र, तत्काल गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । तर, प्रधानमन्त्री देउवाले भने गठबन्धनमा आवद्ध दलहरुको साथ र सहयोगले नै एमसीसी संसद्बाट पारित गर्न चाहन्छन् । उनले आफ्नो पार्टीभित्र यसबारेमा छलफल अघि बढाईसकेको जनाईएको छ ।
सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयमा मतेक्यता नभएपनि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको साथ पाउने विश्वास लिएका छन् । ओली सत्तामा हुँदा एमसीसीको पक्षपातीको रुपमा उभिएका थिए । अहिले प्रधानमन्त्रीबाट हटेर प्रमुख प्रतिपक्षी दलको नेतामा पुग्दा एमसीसीप्रति उनको धारणा के हो रु भन्ने कुरा यकिन भएको छैन् ।
तर, उनले अहिलेसम्म सार्वजनिक रुपमा एमसीसीको विरोधमा आफ्नो अभिव्यक्ति भने दिएका छैनन् । उनी समर्थित नेताहरुले पनि एमसीसीको विरोध गरेका छैनन् ।ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित गराउन सहयोग नगरेको भनेर पूर्व सभामुख कृष्णबहादुर महरा र वर्तमान सभामुख अग्निप्रसाद सापकोटाको पनि सार्वजनिक रुपमै आलोचना गरेका थिए । यसबाट पनि उनी एमसीसी आफ्नै पालामा संसद्बाट पारित गराउन चाहन्थे भन्ने पुष्टि हुन्छ ।
सार्वजनिक कार्यक्रममै एमसीसी संसद्बाट पारित गराउन ढिलाई भएको अभिव्यक्ति दिने ओलीले अहिले प्रधानमन्त्रीबाट बाहिरिनु परेको कारणले असहयोग गरे बेग्लै कुरा नत्रभने उनले एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेल्ने जानकारहरु बताउँछन् । कांग्रेसनिकट उच्च स्रोतले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली एउटै कित्तामा उभिने सम्भावना रहेको दाबी गरेको छ ।
१४ साउन २०७८, बिहीवार २१:१४ बजे प्रकाशित